सूर्योदय महोत्सवमा पाँचलाख पर्यटकको आवतजावत, मुख्यमन्त्री राईले उद्घाटन गर्ने

Breaking News Mukya Samachar Special News Trending पर्यटन प्रमोसन समाज

प्रेम अधिकारी फिक्कल :
प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको तयारी पुरा भएको छ । नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी पूरा भएको जनाकारी गराईएको हो । आगामी १४ देखि १८सम्म आयोजना गर्न लागिएको पाँच दिने महोत्सवको तयारी पूरा भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका र सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोगरिएको सूर्योदय नगरपालिकाले जनाएको छ । महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम , भूटान र बंगलादेशबाटबाट समेत पर्यटकहरू आउने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । ४१ लख बढी रकम खर्च हुने अनुमान गरिएको महोत्सवमा ५ लाख बढी पर्यटकको आवातजावात हुने नगर प्रमुख राईले बताउनु भयो । उहाले भन्नु भयो ‘बिश्वभर सूर्योदय फैलाउन हामीले महोत्सव गरेका हौ, यो महोत्सवले सूर्योदयको चर्चा बिश्वमा हुने छ । ’
पत्रकार सम्मेलनमा नगर उपप्रमुख तथा महोत्सव आयोजक मुल समिति संयोजक दुर्गादेवी भट्टराईले फरक पन दिन महोत्सव आयोजना गरिएको बताउनु भयो । उहाले भन्नु भयो ‘यो महोत्सव रमाईलोका लागि मात्र हैन, यसले हामी बिचमा एक अर्काको संस्कार आदान प्रदान गराउदै सामाप्यता बढाउने छ । ’ महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर, करफोक लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डाको अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा संग्राहलय अवलोकन, देउराली हाईकीङ, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन ।

पर्यटकीय क्षेत्र भूतडाँडा

यस्तै महोत्सवमा आउने पर्यटकहरूको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । पर्यटकहरूलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस भनी टोल–फ्री मार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ । महोत्सवलाई मध्यनजर गरी १६६०२७५२२२२ मार्फत सेवा दिने जनाईएको छ ।
नगरको पर्यटकीय स्थल श्री अन्तु , कन्याम , गोर्खे , फिक्कल , पंचकन्या , करफोक लगायतका छुट्टछुट्टै स्थानमा महोत्सव आयोजना गरिएको छ । फरक फरक स्थानको प्रचार प्रसार गर्ने गरी महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ । महोत्सवमा स्थानीय खानाका परिकारमा रमाउदै , पर्यटकीय स्थल कन्याममा घोडचडी , ट्रेकिङ, गर्दै श्रीअन्तुबाट सूर्योदयको दृश्यवलोकन गर्न सक्ने छन् । पर्यटकले गोर्खेको थुम्केमा रेडपाण्डा हेर्न सक्ने ब्यवस्था गरिएको छ । स्वामीपार्क , पशुपतिनगर , करफोक , फिक्कल पर्यटकका घुमफिरका गन्तब्य रहने छन । पर्यटकको बसाई लम्ब्याउन मंसिर १५ गतेबाट नगरकै लगानीमा गोर्खेको थुम्के डाँडामा पर्यटकलाई लैजाने ब्यवस्था गरिएको छ । नगरले पर्यटकका लागि चिया टेस्टीङको समेत ब्यवस्था गरेको छ ।
महोत्सवको तयारीका लागि बिभिन्न स्थानमा स्वागत द्धार , स्टल बनाउने काम भैरहेको छ । शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले श्री अन्तुमा सूर्य पूजा गरी , करफोकमा महोत्सवको उद्घाटन गरेपछि महोत्सव शुरु हुने छ । महोत्सव अवधिभरी बिभिन्न जातजातीका सांस्कृतिक झाकी प्रदर्शन गरिने छ भने पाँचै दिन राष्ट्रिय कलाकारको साथमा संगीतिक कार्यक्रम गरिने वडा नम्बर १० का अध्यक्ष पेमाउगेन लामाले जानकारी दिनु भयो ।यस अघि नै सूर्योदय नगरपालिकालाई प्रदेश एक सरकारले पर्यटकीय नगरी घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.