सूर्योदय पर्यटन महोत्सव शुरु

Breaking News Mukya Samachar Special News Trending पर्यटन प्रमोसन

फिक्कल: पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा आजबाट प्रथम सूर्योदय नगर पर्यटक महोत्सव शुरु भएको छ । आज बिहान झुल्केघामको दृश्यावलोकन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सूर्य पूजा गरेपछि महोत्सव शुरु भएको हो । मुख्यमन्त्री संगै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा , नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राम राना, सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राई लगायत स्थानीय पर्यटन ब्यवसायीको सहभागीता रहेको थियो ।


दिउँसो सूर्योदय १२ मा पर्ने करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा हुने कार्यक्रममा मुख्यमन्त्री राईबाट महोत्सवको औपचारिक उद्घाटन हुनेछ ।महोत्सवका लागि सबै तयारी सकिएको महोत्सव आयोजक मूल समारोह समितिकी संयोजक तथा नगर उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिनु भयो । श्रीअन्तु, पशुपतिनगर, गोर्खे, कन्याम, फिक्कल र करफोकमा महोत्सव हुने छन् ।
महोत्सवमा स्थानीय खानाका परिकार , रमणीय स्थलको भ्रमण , टी टेस्टीङ , रेडपाण्डा ट्रेल, सूर्योदय, हाईकीङ र बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नगर प्रमुख रणबहादुर राईल पर्यटन वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश बिदेशमा चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताउनु भयो । ‘भुटान, बङ्गलादेश, सिक्किम, भारतको बङ्गालजस्ता स्थानबाट पर्यटक भित्राउने वातावरण बनाउन महोत्सव माध्यम बन्न सक्ने नगरप्रमुख राईले बताउनु भयो । महोत्सव अवधिभर बिभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । उद्घाटनका अवसरमा बिभिन्न जातजातीका झाँकी प्रदर्शन गरिने छ ।

Leave a Reply

Your email address will not be published.