अन्तु पोखरीमा फिसिङ देखी घोडा दौड प्रतियोगितासम्म

Breaking News Mukya Samachar Special News Trending

सूर्योदय महोत्सव
टीका खतिवडा
इलाम, मंसिर :
प्रदेश नम्वर एकको पर्यटकिय नगरी सूर्याेदय नगरपालिकामा पाँचदिने सूयोदय नगर पर्यटन महोत्सवमा सुन्दर घोडा प्रतियोगिता देखी रेडपाण्डाको अवलोकन गर्न पाइने भएको छ । महोत्सवमा स्थानिय उत्पादन देखी कलाकारहरुको प्रस्तुतीसँगै पर्यटकिय क्षेत्रहरुमा हुने बिशेष कार्यक्रमको अवलोकन गर्न पाइने भएको हो । महोत्सव अन्तर्गत केराका ४० वढि परिकार राखिएको छ । सुन्दर नगरी सूर्योदयको कन्याममा घोडचरी, बिभिन्न जातिय पोशाकमा रमाउने पर्यटकसँगै बिभिन्न प्रतियोगिता हेर्न आउने दर्शशहरुको उल्लेख्य उपस्थिती रहेको छ । मंसिर १४ गतेबाट सञ्चालित प्रतियोगिता १८ गते समापन हुने छ । महोत्सव अवधिभर नगरपालिकाले नगरका छ स्थानमा बिशेष कार्यक्रम गर्दै छ ।
सूर्योदय र सूर्यास्थकालागि देशकै अब्बल मानिने श्रीअन्तुमा दैनिक हजारौँको संख्यामा पर्यटकहरुको चलहपहल भइरहेको छ । पाँच दिने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ मा पाँचै दिन नगरका छ स्थानमा विविध ४० वढि कार्यक्रमहरु हुने भएका छन् ।
महोत्सवको पहिलो दिन बिहान सूर्योदयको दृश्यावलोकनसँगै सूर्यपूजा गरि अन्तुडाँडाबाट महोत्सव उद्घाटन गरिएको छ । त्यसपछि पञ्चकन्याको करफोक विद्या मन्दिरमा दिउँसो औपचारिक रुपमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट महोत्सव उद्घाटन भएको छ । पहिलो दिन नै पशुपतिनगरमा सस्तो बजारको अवलोकनसँगसँगै पुष्प प्रदर्शनी र जातीय खाना प्रदर्शनी प्रतियोगिता सञ्चालन भएका छन् ।
पहिलो दिनको कार्यक्रममै सूर्योदय नपा १ को गोर्खेमा सिंहदेवी मन्दिर पूजा तथा धार्मिक मेला आयोजना गरिएको छ भने कन्याममा चारवटा कार्यक्रम तय गरिएको छ । त्यहाँ बिहान डिछ्याप छेवाङ्ग बौद्ध गुम्बामा पूजा, दिउसो चङ्गा चेट, देउराली हाइक र साँझ डम्पूm साँझ सञ्चालन भएको छ । देउराली हाइक र डम्पूm साँझ महोत्सवका पाँचै दिन कन्याममा सञचालन गरिने सूर्योदय नगरपालिकाले जनाएको छ ।
१४ गते नै फिक्कलमा टि टेष्टिङ तथा लघु उद्यम प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर ९ र १० का विद्यार्थी संलग्न अन्तर विद्यालय साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । पहिलो दिनदेखि पाँचै दिन सम्म पञ्चकन्यामा परम्परागत बस्तुहरुको अवलोकनका लागि स्टल राखिएको छ । १७ गतेसमम श्रीअन्तुमा फुड र फुड स्टर राखिने भएको छ ।
अन्तुमै रहेको अन्तुपोखरीमा महोत्सव अवधिभर फिसिङ कार्यक्रम पनि राखिएको छ । त्यहाँ पुग्ने पर्यटकले ५० रुपैयाँ तिरेर १५ मिनेटसम्म बल्छीको सहायताबाट माछा पार्न पाउने भएका हुन् । अन्तुमै रहेको नेपालकै एकमात्र लाप्चा सङ्ग्रहालयमा महोत्सव अवधिभर लाप्चाका साँस्कृतिक सामाग्रीहरुको अध्ययन अवलोकन गर्न पाइने भएको छ ।
महोत्सवको दोस्रो दिन पनि बिभिन्न अलगअलग कार्यक्रमहरु सबै स्थानमा आयोजना गरिएका छन् । उक्त दिन श्रीअन्तुमा देवघाट कविता प्रतियोगिता सञ्चालन सहति पशुपतिनगरमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
गोर्खेमा रेडपाण्डा ट्रेल भनेर रेडपाण्डाको अवलोकनको कार्यक्रमसँगसँगै पशुपतिनगरको मेहेलबोटेस्थित कृष्णप्रणामी मन्दिर, तीनतले झरना, नेपालकै दोस्रो पुरानो गोर्खेको जलविद्युत आयोजना, करिप्पाव ध्यान स्थल, गोर्खे मानेभञ्ज्याङ र थुम्केको अवलोकन कार्यक्रम राखिएको छ । सोही दिन गोर्खेमा बृहत साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।
यता कन्याममा दोस्रो दिन सुन्दर घोडा प्रतियोगिता सञ्चालन भएको छ । फिक्कलमा नाटक र फिल्म प्रदर्शनी भएको छ । फिल्म प्रदर्शनी पनि महोत्सवभर सञ्चालन हुने नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए । महोत्सवको तेस्रो दिन १६ गते अन्तु र कन्याममा अलगअलग बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ भने १७ गते पञ्चकन्यामा अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विविध प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । १७ गते नै सूर्योदय ५ को समाल्बुङस्थित शान्तिबजारमा खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ भने समाल्बुङमै लाप्चा जातिको जुठि प्रवद्र्दन कार्यक्रम सञ्चालन गरिँदैछ ।
सो दिन पशुपतिनगरमा आँखा शिविर सञ्चालन गरिने भएको छ भने कन्याममा रक्तदान कार्यक्रम र बृहत साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । कन्याममा महोत्सव अवधिभर चौँरी अवलोकन गर्न सकिनेगरि चौरी गाई र याक पनि ल्याएर राखिने भएको छ । चौरी र याक हेर्नका लागि पर्यटकले ५० रुपैयाँ तिर्नुपर्ने ब्यवस्था गरिएको महोत्सव आयोजक मूल समितिकी संयोजक उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।
१८ गते अर्थात् महोत्सवको अन्तिम दिन फिक्कलमा बृहत कार्यक्रम गरि महोत्सव समापन गरिने बताइएको छ । महोत्सव भर छ स्थानमा हुने कार्यक्रमले स्थानीय बासिन्दाको उत्पादन, धर्म संस्कृति, रहनसहनको उजागर र प्रवद्र्धन हुनेसँगसँगै आयआर्जनमा पनि बृद्धि हुने आशा गरिएको छ । ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा ५ लाख वढि पर्यटकले कवलोकन गर्ने लक्ष लिइएको छ ।

Leave a Reply

Your email address will not be published.