सूर्योदय महोत्सवः रेड पाण्डा खोज्न गोर्खेको थुम्के डाँडातिर

Breaking News Mukya Samachar Special News Trending पर्यटन समाज

प्रेम अधिकारी ,फिक्कल :

रेडपाण्डा ट्रेलका लागि धरानबाट आएको सेवक नेपाल अभियानको टोलीलाई पशुपतिनगर बजारमा फुलमाला लगाएर बिदाई गर्दै सूर्योदयन गरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले भन्नु भयो ‘ थढुक्क भएर जानुहोस थुम्केमा रेडपाण्डा अवश्य पाईन्छ ।’

सूर्योदयन नगर पर्यटन महोत्सवको अवसरमा रेडपाण्डा ट्रेलका लागि धरानबाट आएको सेवक नेपालमा आवद्ध ३० जनाको टोलीलाई आईतबार पशुपतिनगरबाट रेडापाण्डा पाईने स्थान गोर्खेको थुम्के डाँडामा पठाईएको हो ।

सिमावर्ती पशुपतिनगर बजारमा सांगीतिक कार्यक्रमका नगर उपप्रमुख भट्टराईले फुलमाला लगाएर रेडपाण्डा ट्रेलका लागि उक्त टोलीलाई बिदाई गर्दै थुम्केमा रेडपाण्डा हेर्न पाउने बताउनु भयो । उहाले भन्नु भयो ‘रेडपाण्डा कसरी देख्न सकिन्छ भन्ने हामीले शुत्र पाएका छौ, तपाईहरुले गाईडहरुले सिकाउने छन् । ’ उक्त टोली पशुपतिनगरबाट हिडेर थुम्के डाँडा पुग्ने छ ।

लेकाली क्षेत्रमा पाईने बिश्वमै दुलर्भ रेडपाण्डा थुम्के डाँडामा पाईने गरिएको छ । आईतबार र सोमबार दुईदिन रेडपाण्डा अवलोकलनका लागि थुम्के जाने पर्यटकलाई नगरले खाने बस्ने ब्यवस्था समेत गरेको छ । सेवक नेपालका अध्यक्ष राजिव कोसीयले सुन्दर स्थानमा आएर रेडपाण्डा अवलोकन गर्ने मौका पाएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘ थुम्के पुग्दा रेडपाण्डा देखिन्छ भन्नेमा आसाबादी छौ ।’टोलीका अर्का सदस्य गायक गंगा बरदानले प्राकृतिक सुन्दरताले भरीएको सूर्योदय नगरमा रेडपाण्डा समेत हेर्न पाईने भएकाले पर्यटकले एकै स्थानमा धेरै कुरा अवलोकन गर्न पाउने एबीसी अनलाईनलाई बताउनु भयो ।
लजालु स्वभावको रेडापाण्डा मानविय क्रियाकलाप भन्दा टाडै रहने गरेको छ । रेडापाण्डाको अवलोकन गर्न उसले गरेको दिशाका आधारमा पत्ता लगाउन सकिने स्थानीयले जनाएका छन । अघिल्लो रात जहा दिशा गरेको छ त्यसको वरिपरि नै उक्त जनावर रहने भएकाले अलिकति खोज्दा रेडपाण्डा भेट्न सकिने सूर्योदय नगरपालिका वडा नम्बर १ गोर्खेका अध्यक्ष राजकुमार सेरेङले जानकारी दिनु भयो ।
इलाम जिल्लाकै व्यवसायिक केन्द्रको रूपमा चिनिएको गोर्खे बजार, फिक्कल देखि करिब १५ किलो मिटरको दुरीमा रहेको छ । बजार माथी पुगेपछि थुम्के डाँडा आउछ उक्त क्षेत्रको मयू खोलाको किनारामा रहेको नेपालकै दोस्रो पुरानो हाईड्रो पावर समेत पर्यटकको अवलोकन केन्द्र बनेको छ ।

महोत्सवको दोस्रो दिन आईतबार कन्याममा घोडा रेस , अन्तुमा कविता वाचन लगायतका कार्यक्रम सम्पन्न भएका छन । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका र सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न नगरका कन्याम अन्तु पशुपतिनगर, गोर्खे र फिक्कलमा महोत्सवको आयाजना गरिएको सूर्योदय नगरपालिकाले जनाएको छ । महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम , भूटान र बंगलादेशबाटबाट समेत पर्यटकहरू आउने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.