फुलगाछीलाई ट्राइब्रेकरमा हराउँदै चन्द्रगढी फाइनलमा प्रवेश

Breaking News Mukya Samachar Special News Trending

झापा, मंसिर  चन्द्रगढी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा उपाधिका दाबेदार मानिएका फुलगाछी फुटबल क्लब झापालाई ट्राइब्रेकरमा तीनको विरुद्ध चार गोलले पराजित गर्दै चन्द्रगढी फाइनलमा प्रवेश गरेको हो ।

एक–एक गोलले खेल बराबरी भएपछि ट्राइब्रेकरमा भएको थियो । ट्राइब्रेकरमा चन्द्रगढीका मिलन राई, श्याम र्मुर्मु, रोशन भण्डारी र सञ्जय लिम्बूले जाली चुमाए । फुछगाछीका प्रविण थेबे, विरु मगर, मारकुस किस्कुले गोल गरे पनि किरण लिम्बू र शङ्कर राजभण्डारीले गोल गर्न चुके । दुवै जनाले पोस्ट बाहिर बल प्रहार गरेका थिए ।

पहिलो हाफको २९ औँ मिनेटमा चन्द्रगढीले पाएको प्यानेल्टी सुट आउटलाई सदुपयोग गर्दै मिलन राईले गोल गरे । एक गोलले अग्रता लिएका चन्द्रगढीले दोस्रो हाफमा गोल गर्न सकेन ।

दोस्रो हाफको २४ औँ मिनेटमा फुलगाछीका अनीश खड्काले गोल फर्काउँदै खेल बराबरी ल्याएका थिए । खेलको म्यान अफ द म्याच चन्द्रगढीका मिलन राई घोषित भए । उनलाई ट्रफि र नगदसहित पुरस्कृत गरिएको थियो ।

आइतबार हुने दोस्रो सेमीफाइनल खेल भिमनगर फुटबल क्लब र बिलिभर्स इष्टर्न चर्च काँकडभिट्टा बिच हुने खेल संयोजक अनिल लिम्बुले जानकारी दिए । ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित प्रतियोगिताको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published.