कडा रोगिलाई २० हजारसम्म सहयोग गर्दै फाकफोकथुम गाउँपालिका

Breaking News Special News Trending स्वास्थ्य/शिक्षा


फाकफोकथुम : इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकाले कडा र दिर्घरोगिलाई उपचार खर्च प्रदान शुरु गरेको छ । सुगर प्रेसर लगायत दिर्घ रोग भएका बिरामीहरुलाई बार्षिक रुपमा ५ हजारका दरले उपचार खर्च गाउँपालिकाले गत आर्थिक वर्षमा सहयोग गरेको थियो ।
गाउँपालिकाले मुटु, मृगौला, क्यान्सर जस्ता प्राणघातक रोगीको उपचारका लागि आर्थिक अवस्था हेरि २० हजारसम्म उपचार सहयोग खर्च प्रदान गरिँदै आएको अध्यक्ष राम श्रेष्ठले बताए । आर्थिक अवस्था कमजोर भएर अस्पतालसम्म पुग्न समेत खर्च नहुने बिरामीका लागि गाउँपालिकाले उपचार खर्च सहयोग गर्दै आएको हो ।
गाउँपालिका उपाध्यक्ष सरस्वति राईका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि फाकफोकथुम गाउँपालिकाले दिर्घ र प्राणघातक रोगिहरुलाई सहयोग शुरु गरको थियो । दिर्घरोगिहरुलाई पनि गत आर्थिक वर्षदेखि बार्षिक ५ हजारका दरले उपचार औषधि उपचार खर्च गत आर्थिक वर्षमा प्रदान गरिएको थियो । स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य ऐन निर्माण गरि थप कार्यक्रम संचालन गर्ने योजना गाउँपालिकाको रहेको गाउँपालिका उपाध्यक्ष सरस्वती राई शरुले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.