अन्तुका मानवीरको होमस्टेमा भएको आगलागिबाट २६ लाखको क्षती

अन्तुका मानवीरको होमस्टेमा भएको आगलागिबाट  २६ लाखको क्षती


फिक्कल : सूर्योदय नगरपालिका–५ श्री अन्तुका मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार बिहान भएको आगलागिबाट लाखौको क्षती भएको छ । बिद्युत सर्ट भएर तामाङले संचालन गरेको फयाफुल्ला होमस्टेमा आगलागि हुदा २६ लाख रुपियाँ बढीको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागिबाट तामाङको काठ र सिमेन्टले बनेको दुई तले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागिमा परी पाँचलाख नगद , ४ तोला सुन , लत्ता कपडा, भाडा बर्तन ,फर्नीचर , खाद्य सामग्री जलेर नष्ट हुँदा २६ लाख बढीको क्षती भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । काठबाट बनाईएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय रुद्र घिमिरेले जानकारी दिनु भयो । प्रहरी , स्थानीयले करिव दुई घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।