देउमाईको तपेवामा लडेर महिलाको मृत्यु

देउमाईको तपेवामा लडेर महिलाको मृत्यु



देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ ।
निर्माणाधिन अवस्थामा रहेको सडक छोडी सडक भन्दा तल रहेको गोरेटो बाटोबाट हिड्ने क्रममा लडेर राईको मृत्यु भएको हो । उक्त स्थानमा सडक बनाउदा माटो फालिएकाले उक्त माटोमा ती महिला चिप्लीएर लडेको हुन सक्ने स्थानीयले बताएका छन ।
चार दिन अघि लडेर बेपत्ता उनको शब सोमबार फेला पारी प्रहरीले जिल्ला अस्पताल इलाममा मंगलबार नै पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको इलाका प्हरी कार्यालय मंगलबारे प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती महिलाले मादक पदार्थ समेत सेवन गरेका कारण घटना भएको हो । ती महिला तपेवामा रहेको आफ्नो घरबाट छोराको चमैतामा रहेको घर जाने क्रममा बेपत्ता भएकी थिइन ।