लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान फाकफोकथुममा सम्पन्न

Breaking News Special News Trending शिक्षा समाचार समाज

गोविन्द लामिछाने ,फाकफोकथुम :

‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार सम्पन्न भएको छ ।मंसिर ९ गतेबाट गाउँपालिकामा उद्घाटन भएको अभियान प्रत्येक वडामा सम्पन्न गरेर मंगलवार गाउँपालिकामा अभियानको भव्य कार्यक्रमका बीच समापन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उप(प्रमुख चित्रकला बराइलीले बालविवाह, बहुविवाह, छाउपडी प्रथाले समाजमा लैंगिक हिंसाका घटना बढेको बताइन् । १६ दिन मात्र अभियान सञ्चालन नगरी यसलाई वर्षैभरी सफलतापूर्वक सम्पन्न गर्ने गरी लाग्न आग्रह समेत गरिन् ।इलाम जिल्लालाई विषादीमुक्त बनाउने, प्रत्येक पालिकामा बाह्रैमास चल्ने सडक निर्माण गर्नका लागि जिसस प्रदेश, संघ र स्थानीय तहमा लागिपरिरहेको विचार व्यक्त गर्दै उनले फाकफोकथुम गाउँपालिकाले सञ्चालन गरेको यो अभियान जिल्लामै सराहनीय कार्य भएको उनको भनाई थियो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संयोजक तथा गाउँपालिका उपाध्यक्ष सरस्वती राई ९सरु० ले डोमेनिक गणराज्यमा सन् १९६० मा महिला हिंसा विरुद्ध आवाज उठाउने तीन जना दिदीबहिनीहरुलाई हत्या गरेकोले त्यस विरुद्धमा प्रत्येक वर्ष २५ नोभेम्भर देखि १० डिसेम्वर सम्म कार्यक्रम सञ्चालन गरिंदै आएको बताइन् ।

सन् २०३० सम्ममा नेपालबाटै लंैगिक हिंसा अन्त्य गर्ने प्रतिबद्धतासहित फाकफोकथुम गाउँपालिकाले पनि वडा–वडामा सचेतना कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाई छ । वर्ष अभियानको रुपमा १६ दिने अभियान गाउँपालिकाको प्रत्येक वडामा सफलतापूर्वक सम्पन्न गरिएको बताइन् ।कार्यक्रमका वक्ताहरुले मादकपदार्थ, जुवातासनै घरेलु हिंसाको मुख्य जड भएको बताउँदै यस्ता विकृतिलाई अन्त्य गर्न घरैदेखि म हिंसा गर्दिन भनेर प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

क्यारामबोर्ड, जुवातास खेलेर घरपरिवार, धन खेर फाल्नुभन्दा खेलेर समय बिताउने युवाहरुलाई विकास निर्माणमा लाग्न र त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने उनीहरुले बताए ।महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता खतिवडाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन अभियानकर्मी अमृता नेपालीले गरेकी थिइन् । फाकफोकथुम गाउँपालिका र वडा नम्बर ३ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, वडाध्यक्षलगायतले लैंगिक हिंसा अन्त्य गर्न आफूदेखिनै सुधार हुनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published.