ब्यवसाय प्रवर्दन गर्न निशुल्क सामग्री वितरण

Breaking News Mukya Samachar Special News Trending


मंगलबारे, मंसिर : इलाम उद्योग वाणिज्य संघ शाखा कार्यालय मंगलबारेले आज स्थानिय जनतालाई निशुल्क सामग्री वितरण गरेको छ । शाखाले व्यवसाय प्रवद्र्धन भइरहेको क्षेत्रका लागि पानी भर्ने ट्यांकी, एलपी ग्यास लगायतका सामग्री वितरण गरेको हो । दक्षिणकाली प्लाष्टिक उद्योग झापा, गोरखकाली सिमेन्ट उद्योग र एक्सल डेभलपमेन्ट वैंकको सहयोगमा सो क्षेत्रका स्थानियलाई ४० थान पानी भर्ने ट्यांकी, ४० थान एलपी ग्यास सिलिण्डर र ४० वटा भट्टि चुल्हो साथै एक हजार दुईसय मिटर जिआई पाइप वितरण गरेको शाखा कार्यालय मंगलबारेका अध्यक्ष तारा थापाले जानकारी दिनुभयो । शाखा कार्यालय मंगलबारेले राँके, जीतपुर, चमैता, सिद्धिथुम्का, पञ्चमी, लिङदिन, क्याबङु, बुधबारे, चमैता, बरभञ्ज्याङ, फुदुक, हात्तिढुङ्गे क्षेत्रका व्यवसायीहरुको समुह बनाएर सामग्री वितरण गरेको हो ।

सामुहहिक कार्यक्रममा सहजता थप्नेगरि प्लाष्टिक ट्यांकी, ग्यास सिलिण्डर, ग्यास चुल्हो र पाइप वितरण गरेको हो । व्यवसायीहरुको समुहमा वितरण गरिएको सामान आवश्यकता अनुसार स्थानीयले पनि प्रयोग गर्न पाउने बताइएको छ ।


अध्यक्ष थापाका अनुसार वितरण गरेको सामग्री प्रयोग गरेबापत कसैले पनि शुल्क तिर्नु नपर्ने वताइएको छ । बाणिज्य संघ शाखा कार्यालयले नगर क्षेत्रका सवै व्यवसाईलाई संगठित गर्ने उद्देश्यले सामग्री वितरण गरेको शाखाका सचिव सुवास घिमिरेले बताउनुभयो ।
सोहि अवसरमा एक्सल डेभलपमेन्ट वैंकले देउमाई नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका १६ जना विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण गरेको छ ।

उनीहरुलाई बैंकका प्रमुख कार्यकारी निर्देशक दिनेश पोख्रेल लगायत कार्यक्रमका अतिथीहरुले सामग्री वितरण गर्नु भएको थियो ।
प्रदेशसभा सासंद राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दक्षिणकाली प्पालिष्टक उद्योगका नमिन अग्रवाल, गोरखकाली सिमेन्ट उद्योगका तिर्थराज ढकाल, एक्सेल डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेस पोख्रेल, इलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, इलाम उद्योग वाणिज्य संघ शाखा कार्यालय मंगबारेका संस्थापक अध्यक्ष पुष्प आचार्य, नेकपाका भीमलाल खनाल, देनपा वडा न. ५ का वडाध्यक्ष दिलिप कार्की,
डा न. ४का वडाध्यक्ष राजेन्द्र बास्तोला, प्रकाशचन्द्र खनाल लगायतले मन्तब्य राख्दै निशुल्क पाएको सामाग्री सहि प्रयोग गर्न सुझाव दिनु भएको थियो ।
बिहे, ब्रतमन्ध लगायतका सामुहिक कार्यक्रममा सो सामग्रीले सहज थप्ने वताइएको छ ।

Leave a Reply

Your email address will not be published.