सन्दकपुरमा हिउँ परेसँगै चिसो बढ्यो

Breaking News Mukya Samachar Special News Trending


इलाम मंसिर : इलामको सन्दकपुरमा हिउँ परेको छ । जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकिय क्षेत्रमा हिजो साँझदेखी हिउँ परेको हो ।
सन्दकपुर गाउँपालिकाको ४ नम्वर वडा सन्दकपुर, ५ नम्वर वडाको जौवारी, बिखे लगायतका स्थानमा बाक्लो रुपमा हिमपात भएको स्थानिय दिनेश ढकालले जानकारी दिनुभयो ।
हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण स्थानियलाई दैनिक गर्दै आएका काम गर्न असजह भएको छ । लेकाली क्षेत्रमा हिउँ परेपछि गाईबस्तुलाई घाँस काट्न र लाउन कठिनाई भएको यहाँका किसानहरुको भनाई छ । लैना बस्तु तथा बाख्रालाई समेत चिसोका कारण समस्या भएको छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धलाई एकदमै कठिन भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले वताउनुभयो । हिउँमा रमाउन भारत र नेपाल तर्फका पर्यटकहरु समेत यहाँ आउन थालेका छन् ।
सन्दकपुर जिल्लाकै अग्लो स्थानमा पर्ने क्षेत्र हो । ३६ सय ३६ फिट उचाईमा रहेको सन्दकपुर भारतसँग सिमा जोडिएको क्षेत्र हो । यहाँका होटल ब्यवसायीहरुलाई समेत पर्यटक आउँदा खाना खुवाउन र बसाउन समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published.