इलामको फिक्कल बजारमा एक वृद्ध मृत फेला

Breaking News Mukya Samachar Special News Trending अपराध समाज


फिक्कल : इलामको सुर्योदय नगरपालिका–१० फिक्कलमा एक वृद्ध मृत फेला परेका छन् । विगत ७÷८ बर्षदेखी फिक्कल बजारमा बस्दै आएका त्रिशुल बाबाको नामले परिचित अन्दाजी ७० बर्षिय उनको नाम र वतन खुल्न सकेको छैन ।

त्रिशुल र झोली बोेकेर मागेर गुजारा गर्ने उनको मृत्यु अत्याधिक मादक पर्दाथ सेवन र चिसोको कारणले हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल लगिएको फिक्कल प्रहरी चौकी प्रहरी सहायक निरिक्षक शम्भु बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.