महिला भन्दा वढि बालिका यौनजन्य हिंसाको सिकार

महिला भन्दा वढि बालिका यौनजन्य हिंसाको सिकार


इलाम, पुस : इलाममा महिला भन्दा वढि बालिका योनजन्य हिंसाबाट पिडित बन्दै आएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को सन् २०१४ देखी हालसम्मको तथ्यांक अनुसार कलिला बालबालिकाहरु वढि बलत्कारको सिकारमा पर्ने गरेका हुन् । सन २०१९ मा इलाममा २१ वटा बलात्कारका घटना घटेका थिए । जसमा १३ जना बालिकाहरु यसको सिकार भएका थिए भने ८ जना महिलामाथी पनि यौनजन्य घटनाको सिकार भएका थिए ।


नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को पूर्व समिक्षा तथा जिल्लाको समग्र मानवअधिकारको अवस्था विषयक अन्तरक्रियामा इन्सेक इलाम प्रतिनिधि कोकिला ढकालद्धारा प्रस्तुत कार्यपत्र अनुसार उमेर नपुगेका बालिकाहरु यौन पिपासुको सिकार बन्ने गरेका छन् ।
सन २०१८ मा २३ वटा बलत्कारका घटना घटेका थिए ।

जसमा १५ बालिका र ८ महिला यस घटनाबाट पिडित बन्नु परेको थियो । ०१७ मा २२ बालिका र १० महिला गरेर ३२ जनाले बलात्कारको सिकार बन्नु परेको थियो । ०१५ मा १८ जना बालिकाहरुले योनजन्य घटना सहनु परेको थियो भने ३ महिला समेत पिडित बनेका थिए । सन् २०१४ मा ११ जना बालिका बलात्कारको सिकार बनेको इन्सेक प्रतिनिधि ढकालद्धारा प्रस्तुत कार्यपत्रका उल्लेख छ ।
उमेरले समेत कम र ज्ञान छिप्पी नसकेका बालिकाहरु वढि सिकार हुनुले पनि बालबालिकाहरु परिवारले सुरक्षित राख्नु पर्नेमा सो कार्यक्रमका सहभागिले जोड दिएका थिए ।


कारबाहि हुन्छ भन्ने जान्दा जान्दै पनि पछिल्लो वर्ष बहुबिबाहमा बृद्धि हुँदै गएको तथ्यांकमा उल्लेख छ । सन् २०१८ भन्दा ०१९ मा दोब्बर वढि बहुबिबाह भएको तथ्यांकमा उल्लेख छ । ०१८ मा ४ वटा मात्र बहुबिबाह भएको थिए भने ०१९ मा बढेर ८ वटा बहुबिबाह भएका छन् ।
देशमा राजनिति स्थिरतासँगै बन्द र हड्तालका घटना भने घट्दै गएको तथ्यांकमा उल्लेख छ । क्रमश सन् २०१४ यता १८, ८, ४ दिन बन्द र हड्तालका भएका छन् भने ०१८ र १९ मा मात्र ४ दिन मात्र बन्द भएको छ ।
मानवअधिकार मञ्च इलामको हलमा आयोजित कार्यक्रमका सहभागीहरुले फित्तलो कानुनका कारण सवारीसाधनबाट वढि पिडित बन्ने गरेको कार्यक्रमका सहभागीहरुले वताएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मञ्चका कार्यक्रम संयोजक योगराज सापकोटाले समाजमा हाल दैनिक उपभोग्य बस्तुको गुणस्तरको मापन फित्तलो भएको बताएका थिए । त्यस्तै लागु औषध प्रयोगमा बालबालिकाको संख्या समेत बृद्धि भएको उने वताएका थिए ।


तराइबाट पराल बोकेर ल्याउने सवारीलाई ट्राफिकले वढि दुख दिने गरेको भन्दै उनले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै अधिबक्ता बिद्या सापकोटाले ट्राफिकले पुरुषलाई भन्दा महिलालाई सवारी चलाउँदा बढि केरकार गर्ने गरेको वताइन् । उनले महिलाहरुसँग लाइसन्स नै हुँदैन भन्ने सोच त्याग्न समेत आग्रह गरिन् । पूर्वेली ट्याक्सी तथा जित ब्यवसायी संघका महासचिव मदन श्रेष्ठले साना सवारीले सडकमा जथाभावी कुदाएर ठुला
सवारीलाई ठोक्काउँदा पनि ठुला सवारीले नै घाइतेको उपचार र सवारी मर्मत गर्नु परेकाले समस्या बढेको वताए । उनले स्वास्थ्य बिमामार्फत गरिएको उपचार समेत प्रभावकारी हुन नसकेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य बिमा समिति इलामका संयोजक खेमराज अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिलिपकुमार चौधरी, प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल लगायतले सहभागीको गुनासो सम्वोधन गर्ने प्रयास गरेका थिए ।

उनीहरुले हाल देशमा तिन तहका सरकार रहेको अवस्थामा तिनै तहको सरकार बिच तालमेल हुन नसक्दा समेत नितिगत र कानुनी समस्या झैल्नु परेकाले समस्या निम्तिने गरेको वताएका थिए ।

मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।