दाजु मानी विस्वास गरेकैले वहिनीको अपहरण पछि हत्या गरिदिए

Breaking News Hot News Special News Trending अपराध समाज


गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका २ फुलवारी चोकपुरकी मन्दिराको ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका हाङपाङका रमेश अधिकारीले हत्या गरिसकेको प्रहरी समक्ष स्विकारी सकेका छन् । सामाजिक संजाल फेसवुकमा अन्जली अधिकारीको रुपले परिचित १८ वर्षिय वालिका ताप्लेजुङको दुर्गा माध्यमिक विद्यालय फूलवारीमा कक्षा १२ मा अध्ययनरत थिइन् । हत्यामा संम्लग्न भनिएका रमेश १० महिना पहिला मन्दिराकै घरमा वसेर नजिकै रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण पेशा गर्थे । मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिरा बेपत्ता भएकै दिन उनकी दिदी एलिसा अधिकारीको फेसवुकमा झापाको हल्दीवारी स्थित नारायण पौडेलको छोरा दिपक सँग विवाह गरिसके भनेर मन्दिराको फेसवुकवाट मेसेज आएको थियो । त्यस पछि मन्दिराका परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगे । तर झापाको हल्दीवारीमा उनीहरुले दिपक पौडेल भन्ने मान्छे भेटेनन् । अनी झापाको प्रहरी र स्थानीयको सहयोग माग्न पुगे छोरी खोज्न झापा पुगेका मन्दिराका वुवा नन्दकुमार अधिकारी । तर प्रहरी र स्थानियले समेत हल्दिवारीमा सो नाम गरेको युवक फेला पारेनन् । फेरी फेसवुकमा अर्कै दलित थरका एक युवकले आफुलाई इन्डिया पुर्याएको भनेर मन्दिराकी दिदी एलिसाको फेसवुकमा अर्को खवर आयो । उनले त्यतिवेला मैले विवाह गरेको केटा यहि हो भनेर एक युवकको फोटो समेत एलिसाको फेसवुकमा पठाएका थिए । तर त्यो केटाको फोटो र फेसवुकमा आउने म्यासेज प्रति विस्वास नभएपछि घटना भएको हप्ता दिन पछि छोरीको वास्तविक अवस्था पत्ता लगाइदिन भन्दै मन्दिराको परिवारले सहयोगको लागि ताप्लेजुङ प्रहरी सँग अनुरोध गर्यो । प्रहरी अनुसन्धानका क्रममा विहे गरिसकेको भनेर मन्दिराकी दिदी एलिसाको फेसवुकमा आउने म्यासेज उनको हत्या गरिसके पछि मन्दिराकै मोवाइलमा उनको फेसवुक एकाउन्टवाट आफुले पठाएको र विहे गरिसकेको विस्वास दिलाउन कुनै एक अपरिचित मान्छेको फोटो खोजेर परिवारलाई भ्रममा पार्न आफुले षडयन्त्र रचेको मन्दिरालाई हत्या गरेको वताइसकेका रमेशले स्विकारेको ताप्लेजुङका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र वहादुर फूयालले वताए ।


कसरी भयो घटना


मंसिर १७ गते मन्दिरालाई फूलवारी चोकपुर स्थित उनको घरवाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरेको र उनलाई मित्ला पुलवाट तमोरमा झारेको समेत रमेशले प्रहरीलाई दिएको वयानमा उल्लेख छ । हत्यामा संलग्न रमेशको मंसिर २५ गते डुम्रिसेकी एक युवती सँग विवाह गर्ने कार्यक्रम थियो । त्यही भएर उनी विवाहको लागि पोशाक सिलाउन भन्दै हाङपाङवाट मंसिर १७ गते विहान ताप्लेजुङ वजार तर्फ लागे । सोही दिन नै आफुले चोकपुरवाट तमोर नदीमा ल्याएर मन्दिराको हत्या गरेको रमेशले प्रहरीलाई वताएका छन् । मन्दिराको हत्या गरिसकेपछि पुलको जिपमा वसेर मन्दिराकै मोवाइलवाट झापाका युवकसँग विवाह गरेर गएको भन्ने म्यासेज आफुले मन्दिराकी दिदीको फेसवुकमा पठाएको उनी वताउछन् । प्रहरीले मन्दिराको हत्या गर्नुको कारण वारे उनी माथी थप अनुसान्धान भइरहेको जनाएको छ । रमेशले प्रहरी समक्ष दिएको वयान पछि उनलाई नै लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, उनले कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा घटना स्थलमा फेला पारेको छ । घटनास्थलमा आज स्थानीयवासीन्दाले केटीले लाउने गरेको कानको समेत कपाल वेरिएको अवस्थामा फेला पारेको मन्दिराका काका चन्द्र अधिकारीले वताए । मन्दिरा रहस्यमय ढंगले वेपत्ता हुनु र घटनास्थलमा यस्ता उनका प्रमाणहरु भेटिएपछि मन्दिराका परिवार र स्थानीय वासीन्दाले भने रमेशले मन्दिरालाई अपहरण गरी वलात्कार पछि हत्या गरेको निष्कर्षमा आफुहरु पुगेको वताएका छन् । तर हत्या भएको भनिसकिएकी मन्दिराको शव भने अहिले सम्म फेला परेको छैन । प्रहरी र स्थानीय वासीन्दाले तमोर नदीमा खोजी कार्य जारी राखे पनि हाल सम्म उनको शव भने फेला परि सकेका छैनन् ।

हत्या पछि रमेशले गरेका थिए आफु अपहरणमा परेको नाटक


मंसिर १७ गते मन्दिराको हत्या आफुले नै गरेको स्विकारिसकेका हाङपाङका रमेश अधिकारीले सोही दिन राती आफु अपहरणमा परेको नाटक समेत गरेका थिए । आफु अपहरणमा परेको र अपहरणकारीको पञ्जावाट उम्कन सफल भएको भन्दै हत्या पछि हाङपाङ पुगेर उनले अपहरणमा परेको नाटक गरेको प्रहरी अनुसन्धान वाट खुल्न आएको छ । मन्दिराको हत्या गरेकै दिन उनले हाङपाङ स्थित खोक्सेखोला नजिकैको एउटा याक्सामा पुगेर आफु अपहरणमा परेर पनि भाग्न सफल भएको,भाग्दा लडेर वेहोस् भएको र होसमा आएपछि याक्सा सम्म आइपुगेको भन्दै करिव रातको एक वजे तिर गाँउलेलाई लिन आउन भनी फोन गरेका थिए । त्यस पछि जम्मा भएर उनलाई लिन आएका गाँउलेले राती नै स्ट्रेचरमा हालेर उनलाई घर पुर्याएका थिए । अपहरणकै क्रममा मुखमा माक्स लगाएकी एक केटीले आफ्नो औला टोकिदिएको समेत उनले गाँउलेलाई वताएका थिए । तर सो दिन उनी अपहरणमा परेको नभई अपहरणको नाटक मात्र गरेको समेत प्रहरी अनुसन्धान वाट खुल्न आएको छ ।

को हुन् हत्यामा संलग्न भनिएका रमेश अधिकारी


हालको आठराई त्रिवेणी गाँउपालिका हाङपाङ ३ माखातोपमा वुवा नरेन्द्र अधिकारी र आमा निरा अधिकारीको कोखवाट २०४६ सालमा जन्मिएका रमेश अधिकारी हाल सरस्वती माध्यमिक विद्यालय हाङपाङमा शिक्षण पेशामा कार्यरत थिए । निमावी अस्थायी करार दरवन्दीमा हाल हाङपाङमा कार्यरत रमेश गत फागुन महिना सम्म फुलवारी स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा सोही पदमा रहेर शिक्षण पेशा गर्थे । दुई वर्ष सम्म चोकपुर स्कुलमा कार्यरत रहँदा उनी सोही स्कुल नजिकैको स्थानीय नन्दकुमार अधिकारीको घरमा परिवारको सदस्य सरह भएर वसेका थिए । महेन्द्र रत्न वहुमुखी क्याम्पस इलामवाट स्नातक तह उतिर्ण गरेका रमेश शिक्षण पेशामा कार्यरत रहनु अघि इलाममै वसेर शिक्षक सेवा अयोगको समेत तयारी गरेको इलाममा उनी सँग अध्ययनरत उनका साथीहरु वताउछन् । तर शिक्षक सेवा आयोगमा नाम निकाल्न नसेकपछि उनी गाँउमै फर्किएर निमावी अस्थायी करार सेवामा रहेर अध्यापन गराउन थालेका हुन् । मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् मंसिर ९ गते रमेशलाई हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ गरेकै दिन उनले मन्दिराको हत्या आफुले गरेको भनेर स्विकार गरेका हुन् । प्रहरी समक्ष मंसिर १७ गते नै मन्दिराको हत्या गरिसकेको वयान दिइरहेका रमेश गत मंसिर २५ गते डुम्रिसेकी एक युवती सँग सामाजिक परम्परा अनुसार विवाह वन्धनमा वाँधिएका थिए ।

रमेश र मन्दिरा विच दाजुवहिनीको गहिरो सम्वन्ध

This image has an empty alt attribute; its file name is r-a.jpg


हत्यामा संम्लग्न भनिएका रमेश शिक्षण पेशाका क्रममा चोकपुरमा रहँदा दुई वर्ष सम्म मन्दिराकै घरमा वसेका थिए । मन्दिरा वुवा नन्दकुमार अधिकारी र आमा कृष्णमाँया अधिकारीको कोखवाट जन्मिएकी साहिली छोरी हुन् । रमेश गुप्तेश्वर माध्यमिक विद्यालय चोकपुरमा रहँदा मन्दिरा सोही स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन् । मन्दिराका आफ्ना दाजुभाई नभएकोले मन्दिरा र उनकी दिदी मनिशाले रमेशलाई दाजुको दर्जामा राखेका थिए । छोरीहरुले दाजुको दर्जामा राखेर दाजुकै रुपमा उनी सँग गहिरो सम्वन्धमा राखेका रमेशलाई आफुले समेत छोरा नभएको कारण छोरा सरहको माया प्रेम र अत्मियता दिएर घरमा राखेको मन्दिराकी आमा कृष्णमाँया वताउछन् । मन्दिरा,मनिशा र रमेश विच गहिरो सम्वन्ध रहेको कुरा उनीहरुको सामाजिक संजाल फेसवुकवाट पनि प्रष्ट हुन्छ । फेसवुकमा रमेश, एसिला र अन्जली अधिकारी सर्च गर्दा उनीहरु सँगै घुम्न गएका र उनीहरुले आत्मियता पूर्वक खिचेका संयुक्त तस्विरहरु प्रशस्त भेटिन्छन् । तर छोरीहरुले दाजुको र आफुहरुले छोराको रुपमा स्विकार गरेसकेको मान्छेले छोरीको हत्या गरिसकेको खवर सुन्दा कृष्णमाया अहिले अर्धमुर्छित अवस्थामा छिन् । छोरी बेपत्ता भए देखी भोक तिर्खा हराएको वताउने उनी दुइ दिन अघि थाहा पाएको छोरीको हत्याको खवरले आफ्नो पिडाको घाउमा नुन चुक छरेको महसुस हुन थालेको वताउछिन् । हत्या गरिसकेको भन्ने खवर सुने पनि छोरीको लास भेटिनसकेकोले हत्या कसरी भयो भन्ने विषयको खुलदुलीले दुई दिन देखी आफुले छट्पटिमा रात काटिरहेको कृष्णमाँयाले वताइन् । छोरीको हत्या कसरी भयो शव कसरी नष्ट गरियो यसको सत्यतथ्य पत्ता लगाएर खोजी कार्यमा सहयोग गरी अपराधीलाई हदै सम्मको कानुनी कारवाही गरिदिन उनले सम्वन्धित निकाय सँग अनुरोध पनि गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published.