भाइटिकाको समेत अपमान गरी वहिनी मार्ने हत्यारा सार्वजनिक

Breaking News Hot News Special News Trending अपराध समाज


ताप्लेजुङ :
दाजुको सुख समृद्धी एवं दिर्घायुको कामना गर्दै तिहारमा भाईटिका लगाइदिने वहिनीको हत्या गर्ने ताप्लेजुङका रमेश अधिकारीलाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका ३ हाङपाङ निवासी रमेश अधिकारीले सोही गाँउ पालिका २ फूलवारी चोकपुरकी १८ वर्षिय मन्दिरा अधिकारीलाई गत पुष १७ गते हत्या गरी तमोरमा फालेको स्विकार गरिसकेका छन् । घटना भएको २३ दिन पछि प्रहरी द्धारा पक्राउ गरिएका रमेशले आफुले मन्दिरालाई तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरेको र उनलाई मित्लाको झोलुङगे पुलवाट तमोरमा झारेको प्रहरी समक्ष स्विकारि सकेका छन् । रमेशले हत्या गरेको कुरा स्विकारे पछि उनी स्वयंलाई घटनास्थल सम्म लिएर गएको प्रहरीले घटनास्थलमा मन्दिराले लगाउने आउटर, उनले कपालमा लगाउने चिम्टी, कानमा लगाउने टप र मन्दिराले नै लगाउने गरेको चप्पल समेत फेला समेत फेला पारेको थियो । यस्ता तथ्य प्रमाण सहित रमेशले मन्दिराको हत्या गरेको कुरा समेत पुष्टि गरिसके पछि एक पत्रकार सम्मेलनको आयोजना गरि हत्या आरोपी रमेशलाई सार्वजनिक गरिएको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्र फूयालले वताउनुभयो ।
प्रहरी समक्ष मंसिर १७ गते नै मन्दिराको हत्या गरिसकेको वयान दिइसकेका रमेश मन्दिरालाई निर्मम हत्या गरी मारेको एक हप्ता पछि अर्थात् मंसिर २५ गते डुम्रिसेकी एक युवती सँग सामाजिक परम्परा अनुसार विवाह वन्धनमा वाँधिएका थिए । रमेशले मन्दिरा सँग आफ्नो प्रेम सम्वन्ध रहेका कारण वैवाहिक जीवनमा समस्या नआओस् भनेर विवाह अघि नै आफुले मन्दिराको हत्या गरेको प्रहरी सँगको प्रारम्भिक वयानमा वताएका छन् । तर मन्दिराको हत्या नै गर्ने योजना उनले कसरी वनाए भन्ने विषयमा आफुहरुको अनुसन्धान जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख फूयालले वताउनुभयो ।
मन्दिराको हत्या आरोपमा पक्राउ परेका रमेशलाई आइतवार सार्वजनिक गर्दा प्रहरीले घटनास्थलमा फेला पारेका मन्दिराले लगाउने आउटर, उनले कपालमा लगाउने चिम्टी, कानमा लगाउने टप र मन्दिराले नै लगाउने गरेको चप्पल समेत सार्वजनिक गरेको थियो । गत मंसिर ९ गते मन्दिराको हत्या आरोपमा पक्राउ परेका रमेश हाल प्रहरी हिरासतमा छन् ।

रमेश र मन्दिरा विच भाइटिकाको गहिरो सम्वन्ध


हत्यामा संम्लग्न भनिएका रमेश शिक्षण पेशाका क्रममा चोकपुरमा रहँदा दुई वर्ष सम्म मन्दिराकै घरमा वसेका थिए । मन्दिरा, वुवा नन्दकुमार अधिकारी र आमा कृष्णमाँया अधिकारीको कोखवाट जन्मिएकी साहिली छोरी हुन् । रमेश गुप्तेश्वर माध्यमिक विद्यालय चोकपुरमा रहँदा मन्दिरा सोही स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन् । मन्दिराका आफ्ना दाजुभाई नभएकोले मन्दिरा र उनकी दिदी मनिशाले रमेशलाई दाजुको दर्जामा राखेका थिए । मन्दिराले रमेशलाई आफ्नै दाजु मानेर तिहारमा भाइटिका पनि लगाइदिएको र अधिकारीकै छोरो भएकोले आफुहरुले समेत उस्लाई छोराकै रुपमा माँया,प्रेम र आत्मियता दिएर चार वर्ष सम्म आफ्नो घरमा राखेको मन्दिराकी आमा कृष्णमाया वताउनुहुन्छ । कृष्णमायाका अनुसार आफ्नो गर्भ वाट छोराको जन्म नभएपनि रमेशलाई नै आफ्नो छोरा सरह ठानेर कृष्णमाया र मन्दिराका वुवा नन्दकुमारले रमेशलाई दशैंमा टिका समेत लगाइदिएका थिए । तर वहिनी मन्दिराले तिहारमा दाजुलाई सुख समृद्धी एवं दिर्घायुको कामना गर्दै लगाइदिएको भाइटिका र आमा वावुले दशैंमा लगाइदिएको टिका जमराको रमेशले अपमान गरेको मन्दिराकी आमाको गुनासो छ । मन्दिरा, उनकी दिदी मनिशा र रमेश विच गहिरो भावनात्मक सम्वन्ध रहेको कुरा उनीहरुको सामाजिक संजाल फेसवुकवाट पनि प्रष्ट हुन्छ । फेसवुकमा रमेश, एसिला र अन्जली अधिकारी सर्च गर्दा उनीहरु सँगै घुम्न गएका र उनीहरुले आत्मियता पूर्वक खिचेका संयुक्त तस्विरहरु प्रशस्त भेटिन्छन् । तर छोरीहरुले दाजुको र आफुहरुले छोराको रुपमा स्विकार गरेसकेको मान्छेले छोरीको हत्या गरिसकेको खवर सुन्दा कृष्णमाया अहिले अर्धमुर्छित अवस्थामा छिन् । छोरी बेपत्ता भए देखी भोक तिर्खा हराएको वताउने उनी छोरीको शव नभेटिएका कारण थप चिन्तित छिन् । छोरीको हत्या कसरी भयो शव कसरी नष्ट गरियो यसको सत्यतथ्य पत्ता लगाएर खोजी कार्यमा सहयोग गरी अपराधीलाई हदै सम्मको कानुनी कारवाही गरिदिन उनले सम्वन्धित निकाय सँग अनुरोध पनि गरेकी छिन् ।

अज्ञानता हटाउने गुरु नै हत्याका मुख्य आरोपी

पौराणिक काल देखी नै गुरु अर्थात् शिक्षकको महिमा अतुलनिय रहँदै आएको छ । अज्ञानताको अन्धकारवाट हटाई ज्ञानरुपी प्रकाश दिने गुरुलाई शास्त्रमा ब्रम्हा, विष्णु र महेश्वरको रुपमा समेत स्विकार गरिएको छ । रमेश प्रहरी द्धारा पक्राउ गरिएको अघिल्लो दिन अर्थात मंसिर ८ गते सम्म सरस्वती माध्यमिक विद्यालय हाङपाङमा शिक्षण पेशामा कार्यरत थिए । हाङपाङमा निमावी अस्थायी करार दरवन्दीमा रहेर शिक्षण पेशा गरिरहेका रमेशलाई हत्या आरोपमा प्रहरीले सार्वजनिक गर्दा उनका विद्यार्थीहरु अहिले उनी प्रति निकै आलोचित वनेका छन् । गत फागुन महिना सम्म फुलवारी स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा सोही पदमा रहेर शिक्षण पेशा गरिरहेका रमेशको यस्तो जघन्य कर्तुतले उनी चोकपुरमा अध्ययनरत उनका विद्यार्थीहरु वाट समेत उपेक्षित वन्न पुगेका छन् ।

मन्दिराको शवको खोजीकार्य जारी

गत मंसिर १७ गते हाङपाङका रमेश अधिकारी द्धारा हत्या गरेर तमोरमा फालिएको भनिएकी फूलवारीकी मन्दिरा अधिकारीको शव अझै फेला परेको छैन । हत्या गरिएको स्थान चोकपुरको मित्ला देखी पाँचथर हुँदै तेह्रथुमको पिनासी घाट सम्म पुगेर पाँच दिन देखी निरन्तर शव खोजिरहेका स्थानीयले अझै सम्म मन्दिराको शव फेला पार्न नसकेको मन्दिराका काका चन्द्र अधिकारीले वताए । शव फेला नपरेकै कारण प्रहरीले मन्दिरालाई अहिले सम्म मृतक नभई बेपत्ताको सुचिमा राखेर उनको खोजी गरिरहेको छ । ताप्लेजुङ प्रहरीले समेत मन्दिराको खोजी कार्यलाई तिव्रता दिइरहेको छ । आज पाँचथरवाट तालिमप्राप्त ससस्त्रको टोली ल्याएर रमेशले शव फालेको मित्ला नजिकै रहेको तमोरको झोलुङगे पुल नजिकैको दहमा मन्दिराको शवको खोजी कार्य गरिए पनि उपकरणको अभाव र अत्यधिक चिसोका कारण पानीमा पसेको ससत्र प्रहरीको उद्धारमा सफलता हासिल गर्न नसकेको मन्दिराको खोजी कार्यका क्रममा आज आफैं घटनास्थल पुगेका ताप्लेजुङका प्रहरी प्रमुख फूयालले वताए । मन्दिराको शव नभेटिएका कारण परिवारले समेत मन्दिराको काजकिरिया गर्न पाएका छैनन् ।

मन्दिराको खोजीका लागि गोताखोरको माग


मंसिर१७ गतेदेखि बेपत्ता जिल्लाको आठराई त्रिबेणी गाउँपालिका २ फुलवारी चोकपुरकी मन्दिरा अधिकारीको शव खोजिकालागि गोताखोरको माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गृह मन्त्रालयमा लिखितै र मन्त्रालयका सचिवसँग समेत टेलिफोन गरेर तालिमप्राप्त गोताखोरको लागि अनुरोध गरिएको वताउनुभयो । गोताखोरको टोलि सशस्त्र प्रहरीमा मात्रै हुने र कुरिनटारवाट आउनुपर्ने भएकाले प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा अनुरोध गरिएको हो ।
पानीमा बेपत्ता भएका व्यक्तिको उद्धार तथा खोजी गर्न नेपालमा गोताखोरको प्रयोग हुदै आएको छ । जिप दुर्घटनामा परी त्रिशूली नदीमा तीन वर्ष अघि बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा पनि गोताखोरकै प्रयोग गरिएको थियो । तर, अत्याधुनिक उपकरण अभावमा गोताखोरको टोलीले त्यतीवेला उनको शव फेला पार्न सकेन । नेपालमा सशस्त्र प्रहरीसँग मात्र गोताखोर तालिम लिएका जनशक्ति छन् । आधुनिक उपकरण तथा स्रोतसाधन नहुँदा सोचेजति काम गर्न नसकिएको विपद् व्यवस्थापन अन्तर्गत तैनाथ सशस्त्र प्रहरीका अधिकारी बताउँछन् ।
अत्याधुनिक उपकरण तथा साधनस्रोत अभाव हुन नदिने हो भने हामीसँग भएका गोताखोरले जस्तोसुकै कठिन अवस्थामा पनि नदी तथा तालमा पसेर हराएका वस्तु तथा व्यक्तिको खोजी गर्न सक्ने ससस्त्र प्रहरीका एक अधिकारीले वताए । ती अधिकारीका अनुसार धेरै समय लगाउन मिल्ने अक्सिजनसहितको उपकरण भए पानीको गहिराई जति गहिरो भए पनि पिँधसम्म पुगेर हराएका व्यक्ति तथा वस्तु खोजी गर्न सकिन्छ । तर, अहिले गोताखोर सँग मुस्किलले एक घण्टासम्म लगाउन मिल्ने ‘नर्मल एयर’सहितको उपकरण मात्र उपलब्ध छ ।
अहिले भएको उपकरणकै भरमा सशस्त्रका गोताखोरले प्याराग्लाइडिङ गर्दा नारायणी नदीमा डुबेका विदेशीका साथै डुंगा पल्टेर हराएका नेपालीको केही वर्षअघि सकुशल उद्धार गरेको थियो । त्यस्तै, भोटेकोसी, सुनकोसी, फेवाताल सप्तकोसी, त्रिशूलीलगायत ताल तथा नदीमा डुबेका थुप्रै व्यक्तिको सशस्त्रका गोताखोरले जीवितै उद्धार गरिसकेका छन् । सशस्त्र प्रहरी मुख्यालयका अनुसार जवानदेखि निरीक्षकसम्मका कर्मचारीले बंगलादेशबाट यससम्बन्धी तालिम लिएका छन् । सशस्त्रले २०६६ सालदेखि गोताखोर तालिमप्राप्त जनशक्ति तयार पारेको हो । उनीहरूकै लागि त्रिशूलीको कुनिटारमा विपत् व्यवस्थापन तालिम केन्द्र सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published.