युवा समाजसेवी थापाले गरे न्यानो कपडा वितरण

Breaking News Mukya Samachar Special News Trending शिक्षा समाज

इलाम : इलाम नगरपालिका वडा नंम्बर ३ का युवा समाजसेवी मनोज थापाले स्थानीय बाल्मिकी सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । बढ्दै गएको जाडालाई मध्यनजर गर्दै थापाले एक समारोहकाबीच बाल्मिकी सिंहदेवी आधारभूत विद्यालयका २१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

बाल्मिकी सिंहदेवी आधारभूत विद्यालयका अध्यक्ष हेम गुरुङ्को अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा समाजसेवी मनोज थापासहित हेमन सुनुवार, चित्रदेव सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक दिलिप राईले गरेका थिए । कार्यक्रमका अवसरमा अर्का युवा समाजसेवी हेमन सुनुवारले सोही विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेका थिए । न्यानो कपडा वितरण गर्ने युवा समाजसेवी थापा नेकपा इलाम नपा वडा नं। ३ का सचिव, सोही वडामा रहेको ब्लुवेल्स एकेडेमीका संचालक रहेका छन् ।

Leave a Reply

Your email address will not be published.