बचत तथा ऋण जिल्ला सहकारीमा लिला

Breaking News Mukya Samachar Special News Trending


इलाम, पुस : बचत तथा ऋण जिल्ला सहकारी संघ इलामको १७ औँ वार्षिक साधारण सभाबाट लिला थापाको अध्यक्षतामा ४ वर्षका लागि नयाँ पदाधिकारी चयन गरिएको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा मन न्यौपाने, सचिव कृष्ण बस्नेत, कोषाध्यक्ष धनसिहं राई र सहसचिवमा अरुण महत चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा बिमला राई, दमन्ता घिमिरे, निर्मल घिमिरे, दिनेश श्रेष्ठ, बिष्णुप्रसाद आचार्य र मदन बानियाँ चयन भएका छन् ।

सम्मान ग्रहण गर्दै श्रेष्ठ


सोही क्रममा संस्थाका निबर्तमान अध्यक्ष एवं सहकारी अभियन्ता कमल श्रेष्ठलाई सम्मान समेत गरिएको छ । उनलाई सदरमुकाममा सञ्चालित जिल्ला सहकारी संघकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथी बिष्णु दाहाल र सहकारी बैंक इलामका प्रबन्धक एवम् कार्यक्रमका अतिथी अर्जुन कार्की लगायतले प्रमाण पत्र सहित अबिर र खादा ओडाएर सम्मान गरेका थिए ।
कार्यक्रममा ४१ लाख ६८ हजार ६ सय ७५ रुपैयाँको आयब्यय समेत सार्वजनिक गरिएको थियो ।
त्यस्तै ईश्वर सुवेदीको संयोजकत्वमा लेखा समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा लता पौडेल र पुर्णप्रसाद गौतम रहेका छन् ।

Leave a Reply

Your email address will not be published.