कहिले समाधान होला इलाम क्याम्सपको समस्या ?

Breaking News Mukya Samachar Special News Trending


इलाम, पुस : कहिले क्याम्पस प्रमुखलाई थुन्ने त कहिले प्रमुख क्याम्पसमा नरहेको विषयले चर्चामा रहेको इलाम सदरमुकामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा चरम राजनिति घुसेको भन्दै बिरोध सुरु भएको छ । क्याम्पसको सूचना विद्यार्थी संगठनले नै जलाउन थाले पछि र प्रसासनमा ताला लगाइएपछि क्याम्पसमा क्रियाशिल अन्य बिद्यार्थीसंगठनहरु समेत चलमलाउन थालेका छन् । केही दिन अघि मात्र अनेरास्वबियुुले क्याम्पस प्रमुखको हस्ताक्षरमा जारी गरेको सूचना नै क्याम्सप हाता भित्र जलाएको छ । ‘मन परेको मान्छेको खै के मि…ठो’ र ‘मन नपरेका मान्छेको खै के पनि नमिठो’ भने झैँ हाल क्याम्पस प्रमुखले जे गरे पनि एकाथरी विद्यार्थी संगठन तथा उसका माउ पार्टीलाई नराम्रै लाग्ने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र तिनका भात्रृ संगठनलाई क्याम्पस प्रमुखका हरेक कुरा नराम्रा लाग्न थालेको केही महिना बिति सकेको छ । जव नेकपाले पार्टी सदस्यबाट क्याम्पस प्रमुखलाई हटायो त्यसपछिदेखी उसको भात्रृ संगठनलाई क्याम्पस प्रमुखको सुगन्ध पनि दुर्घन्ध झैँ हुन थालेको छ ।
क्याम्पस र क्याम्पस प्रमुखको बिषयमा सामाजिक सञ्जालमा समेत हाल राम्रा र नराम्रा कुरा निकै नै देख्न थालिएको छ । जे भए नि समस्याको समाधान खोज्न सरोकारवाला निकाय मौन रहेको भन्दै प्रचार हुन थालेको छ । क्याम्पसको हालको गतिविधि हेरेर नबस्ने भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थीले पनि बिज्ञप्ति मार्फत जानकारी गराएको छ । गर्न त के नै गर्ला र उसले पनि तर धम्की राम्रै गरि दिएको छ नेवि संघले पनि । चारवटा विषयगत संकायका संयोजकहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्रशासन लगायत जिम्मेवार सरोकारवाला निकायलाई स्वार्थ समूहको चँगुलबाट बाहिर निस्कन उसले आग्रह गरेको छ । साथै शैक्षिक संस्थालाई पार्टी कार्यालयमा परिणत नगन पनि उसले सुझाव दिएको छ । क्याम्पस प्रमुख नियुक्तका लागि सिफारिस गर्ने राजनीतिक दल र त्यसकै भात्रृसंगठनको ‘आफैँ धामी, आफैँ बोक्सी’को दोहोरो अभिनयको कारण क्याम्पस क्म्पसमा रहेको तालाबन्दी नहट्दा विद्यार्थीलाई परिक्षा फारम भर्न समस्या भएको नेविसंघको ठहर छ । बिज्ञप्तिमा नेविसंघ ब्यवस्थापन संकायका संयोजक अग्नीप्रसाद अधिकारी, मानबिकी संकायका संयोजक अल्फा राई, शिक्षासास्त्र संकायका संयोजक किरण कटुवाल र बागबानी संकायका संयोजक अनिश बानियाले हस्ताक्षर गरेका छन् । क्याम्पसको समस्या समाधनन गर्न कसैले चासो नदेखाएको भन्दै धेरैले चिन्ता ब्यक्त गरेका छन् ।
केहीदिन अगाडी मात्रै क्याम्पस प्रमुख ४० दिन काठमाण्डौमा बसेकोले क्याम्पसको अवस्था अस्तब्यस्त बनाएको भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गर्दै अनेरास्वबियुले बिरोध गरेको थियो ।
क्याम्पसमा आन्दोलनरत अनेरास्ववियु र अखिल क्रान्तिकारी क्याम्पस कमिटीका विद्यार्थीहरुले गएको मंसिर २ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । अझ आफ्नो आन्दोलनलाई थप शसक्त बनाउन विद्यार्थी संगठनले आफ्नो मागको वेवास्ता गरेको भन्दै क्याम्पसको लेखा शाखा, शैक्षिक प्रशासन र सहायक प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । शैक्षिक प्रशासन बन्द भएपछी क्याम्पसमा सञ्चालन हुँदै आएको पुस्तकालयको काम प्रभाबित बनेको छ । शैक्षिक प्रशासनबाट गर्ने काम ठप्प बनेपछी त्यसको असर पुस्तकालयमा देखिएको हो । पुस्तकालयबाट हुने कामका लागि सर्बप्रथम शैक्षिक प्रशासनबाट सिफारिस, पुस्तकालयमा प्रयोग हुने छाप लगायत सम्पूर्ण काम प्रशासनबाट हुने भएकाले पुस्तकालयको काम हुन सकीरहेको छैन ।
बिद्यार्थीको भविष्य अन्योलमा पार्ने अधिकार कसैलाई छैन । राजनिति गर्ने ठाउँ थुप्रै छन् । तर शैक्षिक संस्थामा नगरौँ । समस्या समाधान गर्न सम्वन्धित निकायको ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.