फोटोग्राफी सम्वन्धी तालिम सुरु

फोटोग्राफी सम्वन्धी तालिम सुरु

प्रदिप खड्का
इलाम पुस :
इलाम सदरमुकाममा आजबाट आधारभूत फोटोग्राफी तालिम तथा फोटो वाक तालिम सुरु भएको छ । फोटो पत्रकार महासंघ इलामको आयोजनामा सुरु भएको तालिममा जिल्लामा रहेका बिभिन्न ब्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन र जिल्लामा रहेका पर्यटकिय स्थलहरुलाई बिश्वभर फैलाउन तालिम फलदायी बन्ने बिश्वासका साथ तालिम सुरु भएको हो । संघसंस्थाका प्रतिनिधि र जिल्लावासीलाई फोटो खिच्ने गरे पनि कसरी खिच्दा फोटो राम्रो आउँछ भन्नेबारेमा जानकारी गराइने सचिव गोपाल दाहालले वताउनु भयो ।

हरेक ब्यक्तिले हाल एन्ड्रोइड फोन र सामाजिक सञ्जाल चलाउने गरेकाले त्यसकै माध्यमबाट जिल्लाको प्रसार गराउन मद्धत पुग्ने आयोजक फोटो पत्रकार महासंघ इलामका अध्यक्ष राजेश पराजुलीले बताउनु भयो । उहाँले अव पर्यटकिय स्थलको प्रचार गर्न सञ्चारमाध्यम जत्तिकै सामाजिक सञ्जालले समेत सहयोग पुर्याउने भएपछि तालिम आवश्यक रहेको वताउनु भयो । सहभागी र ब्यानरको फोटो खिचेर तालिम उद्घाटन गर्दै नेपाल नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकालले हाल खोटो खिचेर पनि ब्यवसायिक बन्न सकिने धारणा राख्नु भयो । राम्रो तस्विरको माग हाल सञ्चारमाध्यम र अन्य संघसंस्थाहरुलाई पनि आवश्यक पर्ने भएकाले फोटोको महव्त वढ्दै गएको वताउनु भयो ।

पत्रकार भिम चापागाईले इलाममा कृहि वर्ष अगाडी सञ्चालन गरेको फोटो तालिम प्रभावकारी भएको वताउँदै अव पनि यस तालिमले फोटो खिच्ने कला सिकाउने वताउनु भयो ।
तालिमलाई पत्रकार सुदिप श्रेष्ठ र हरि गुरुङले सहजीकरण गरिरहनु भएको छ ।

तालिमको पहिलो दिन फोटो सम्वन्धी जानकारी, क्यामेराको सेटिङ सम्वन्धी जानकारी गराइने छ । साथ्र दोस्रो दिन फोटो वाक गराइने वताइएको छ ।