इलामको सन्दकपुर लगायतका क्षेत्रमा हिमपात, चिसोले जनजिवन प्रभावित

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन समाज

फिक्कल:
इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा शुक्रबार बाक्लो हिमपात भएको छ । एक्कसी मौशममा परिवर्तन आए पछि सन्दकपुर लगायतका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । उच्च क्षेत्रमा पानी संगै हिमपात भए पछि जिल्लैभरी चिसो बढेको छ । अत्यधिक चिसोका कारण हिमाली क्षेत्रको जनजिवन प्रभावित भएको स्थानीय एन शेर्पाले जानकारी दिनु भएको छ । जिल्लाका अन्य स्थानमा पनि शुक्रबार दिउसो देखि पानी परिरहेको छ । सन्दकपुरमा दोस्रो पटक हिमपात भएको हो । एक साता अभि पनि उक्त क्षेत्रमा हिमपात भएको थियो । सन्दकपुर क्षेत्रमा हिमपात भए संगै हिउ खेल्ने पर्यटकको भीड लागेको छ । जौबारी , मेघमा, तुम्लीङ लगायतका स्थानमा पनि बाक्लो हिमपात भएको छ ।
तस्विरः लाक्पा थेररिङ शेर्पा

Leave a Reply

Your email address will not be published.