मुक्तिनाथको शाखा इलाममा

Breaking News Mukya Samachar Special News Trending बैंकिंग

इलाम, पुस : मुक्तिनाथ विकास बैंकको शाखा इलाममा स्थापना भएको छ । दुई महिना अगाडीबाट इलाममा कारोबार सुरु गरेको बैंक शनिबार बैंकको १४ औँ वार्षिक उत्सवको अवसर पारेर इलाममा औपचारिक उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बाराल र इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले सम्युक्त रुपमा चेक काटेर बैंक औपचारिक रुपमा उद्घाटन गरिएको हो ।


जनता बैंकमा हैन, बैंक जनतामा जानुपर्छ भन्ने नारा सहित सञ्चालित बैंक बिकास बैंक मध्येकै उत्कृष्ठ बैंकका रुपमा अघि वढेको छ । छिटो कर्जा प्रवाह, कम ब्याजदर भएको बैंकले छोटो समयमा जनताको मन जित्न सफल भएको शाखा प्रमुख सुवास भट्टराईले वताए । उनले एक सटक बैंकसँग सम्वन्ध गाँस्न अनुरोध गर्दै त्यस पश्चात बैंक आफुले दिने सेवा तुलना गर्न आग्रह गरे ।


बैंक उद्घाटन पछि कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले साना साना र कृषि कर्जा प्रदान गरेर ग्रामिण जनताको समेत जिवन स्तर उकास्न बैंकले मद्धत गर्नु पर्ने बताए । अन्य बैंकको तुलनामा आफ्ना सेवा विस्तारमा फरक किसिमका योजना सहित जनतामाझ जान समेत आग्रह गर्दै उनले स्थापना भएको बैंकप्रति शुभकामना ब्यक्त गरे ।

त्यस्तै इलाम उद्योगा वाणिज्य संघका अध्यक्ष चिपालुले शिघ्र र सहज कर्जा प्रदान गर्न सकोस भनी बैंकलाई शुभकामना दिएका थिए ।

बैंक स्थापना भएको १४ औँ वार्षिक उत्सवका अवसरमा इलाम सहित देशका १८ स्थानमा एकै दिन शाखा स्थापना गरिएको हो ।

कार्यक्रममा इलामका निर्माण ब्यवसायी तथा समाजसेवी डम्बर खड्का, सहकारीकर्मी नरेन्द्रनाथ भट्टराई लगायतले समेत मन्तब्य राख्दै बैंकलाई आगामी दिनमा ग्रामिण जनताका घरघरमा पुगेर सेवा प्रवाह गर्न आग्रह गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.