प्रेम अधिकारी
पशुपतिनगर(इलाम)
बर्षा संगै लगातार भएको हिमपातले प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर पुगेका पर्यटक अलपत्र परेका छन । छोटो समयका लागि सन्दकपुर पुगेका धेरै जसो पर्यटक सन्दकपुर डाँडामै रोकीएका छन् । हिमपात र बर्षाले यातायत संचालनमा कठिनाई भए पछि पर्यटक रोकीएका हुँन । शुक्रबार बिहान देखि लगातार हिमपात भए पछि सन्दकपुर , जौबारी , टङ्लु , कालपोखरी , छिन्टापु लगायतका क्षेत्रमा पर्यटक रोकीएको ल्याण्डरोभर एसोसीएसन माने भञ्ज्याङका अध्यक्ष पासाङ तामाङले जानकारी दिनु भयो । अध्यक्ष तामाङले भन्नु भयो‘ दुई दिन अघि पर्यटक लिएर गएका सवारी उतै थन्कीएका छन, बाटोमा हिउ जमेकाले आईहाल्ने अवस्था छैन । ’
सन्दकपुरमा पुगेका स्वदेशी तथा बिदेशी पर्यटक दुई दिन देखिको हिमपात र बर्षाका कारण आफनो गन्तब्यमा फिर्न सकेका छैनन् । भारतको दाजिलिङबाट सन्दकपुर पुग्नु भएका पर्यटक पुकार भण्डारीले हिउले सडकमा यातायत संचालन हुँन नसकेपछि रोकीनु परेको बताउनु भयो । उहाले भन्नु भयो ‘ सनदकपुर पुगेका बृद्धबृद्धा र वालवालिकालाई बढी समस्या छ ।’ सन्दकपुरमा ल्याडरोभर गाडी प्रयोग गरेर पर्यटक पुग्ने गरेका छन ।
शनिबार पनि बर्षा संगै थप हिमपात भएकाले थप समस्या भएको सन्दकपुरका होटल ब्यवसायी पेमाडण्डु शेर्पाले बताउनु भयो । सन्दकपुर लगायतका क्षेत्रमा तीनफुट बढी हिमपात भएको शेर्पाले बताउनु भयो । ‘हिउ पर्न रोकीए पनि एक हप्ता सम्म हिउ नपग्लीने भएकाले यातायत संचालनमा अवरोध गर्छ ।’ सन्दकपुरमा स्वदेशी पर्यटक संगै भारतीय , बंगाली र बिहारी पर्यटकको भ्रमण बर्ष शुरु भए संगै भिड लागेको छ । उक्त क्षेत्रमा तेस्रो देशका पर्यटक पनि पुगेका छन ।
थोरै संख्यामा डाँडामा रहेका होटललाई पर्यटक अटाउन समेत समस्या भएको छ । छोटो समयका लागि पुगेका पर्यटक त्यहि थन्कीए पछि हिउमा रमाउन पुग्ने पर्यटकलाई बास बस्न समेत समस्या भएको छ । कठ्याङग्रीने चिसो र डाँडामा तिब्र गतिमा चल्ने हावाका कारण पर्यटक घर बाहिर निस्कन समेत सकेका छैनन । छोटो समयका लागि थोरै तयारीमा सन्दकपुर पुगेका पर्यटकको बसाई लम्बीए पछि उनीहरुलाई थप समस्या भएको छ । भारतीय बाटो प्रयोग गरी सन्दकपुर पुगेका बंगाली पर्यटक सबै भन्दा बढी प्रभावित भएको होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवि पौडेलले बताउनु भयो । हिउपरेर चिसो बढेपछि उक्त क्षेत्रको जवजिवन समेत नराम्ररी प्रभावित भएको छ । चिसो बढेका कारण हिमाली क्षेत्रका बस्ती समेत सुनसान भएका छन ।
पर्यटकीय क्षेत्र सन्दकपुरमा असोज देखि जेष्ठ महिना सम्म पर्यटकको घुईचो लाग्ने गरेको छ । सूर्योदयको दृश्यावलोकन गर्न, दर्जनौ हिमालको दृश्य अवलोकन गर्न र हिउ खेल्नका लागि पर्यटक सन्दकपुर पुग्ने गरेका छन । गोरखापत्र दैनिकबाट