रोङ गाउँपालिकाका २ सय ९६ जेष्ठ नागरिक सम्मानित

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार समाज

इलामको रोङ गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्नेक्रममा हाल सम्म २ सय ९६ जना जेष्ठ नागरिक सम्मानित भएका छन् ।गाउँपालिका भरीको करिब १००० जना जेष्ठ नागरिकलाई सम्मान गर्ने लक्ष्यले वडा नम्बर १ बाट सुरु गरेको जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा बितरण कार्यक्रम हाल सम्म ३ वटा वठामा सम्पन्न भइसकेको छ ।

वडा नम्बर १ मा ९२ जना वडा नम्बर २ मा १२७ जना र आज वडा नम्बर ४ मा ७७ जना सम्मानित भएका छन् । गाउँपालिकाले अध्यक्ष शमसेर राई, उपाध्यक्ष चन्द्रकला राई वडा सचिबहरु लगायतको उपस्थितिमा न्यानो कपडा सहित सम्मान गरिएको महिला तथा बालबालिका कार्यालय कार्याँलय प्रमुख रेनुका राईले बताइन् । (गणेश अर्याल इपूर्वबाट)

Leave a Reply

Your email address will not be published.