दाजुको कुटाइबाट भाइको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध समाज

फिक्कल:
इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ बर्षिय हर्कबहादुर रसाइलीको आफनौ दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर विहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादक पदार्थ सेवन गरी ४८ बर्षिय रामबहादुर र हर्कबहादुर बिच झगडा भएको थियो ।
दाजुले काठको पिरा प्रहारपछि घाइते हुनुभएका हर्कबहादुरलाई गाँउमै सामान्य उपचारपछि उहाँका छोराले घरमा लगेर सुताएका थिए । तर विहान उनी ओछयानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक रमेश राईले जानकारी दिए ।
सामान्य घाइते भएपछि सोमबार थप उपचारका लागी फिक्कल तर्फ ल्याउने तयारी गरि सुतेका उनले विहान करिब ४ बजे खानेपानी मागेका थिए । तर परिवारका सदस्य कोही पनि नउठेपनि उनी पुनः सुते । विहान ६ बजेको समयमा उठाउन जाँदा ओच्छयानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् ।

Leave a Reply

Your email address will not be published.