माङसेबुङमा मकर मेला लाग्ने

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन समाज


माङसेबुङ: इलामको माङसेबुङ गाउँपालिका वडा नं १ र २ को सङ्गमस्थलमा लाग्ने मकर मेलाको तयारी तिब्र भएको छ । बताहा दोभानमा गत वर्षदेखि लाग्दै आएको मकर मेलाको तयारी तिब्र भएको हो । मेलामा जातीय भेषभूषामा सजिएर परम्परागत संस्कृतिअनुसार ढोल नाँच, च्याब्रुङ नाँच, भान नाँच लगाएत साँस्कृतिक कार्यक्रम हुनेछन् । त्यस्तैगरी मेलाको अवसरमा सङ्गीनी, रत्यौली, भजन किर्तनका कार्यक्रमसमेत रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष आनन्द लिम्बुले बताए ।
मेलामा पुग्ने जो कोहीले फाल्गुनन्द लिङ्देनले प्रयोग गरेको ओखल ढुङ्गा९तस्विरमा देखिएको ।० र लिङ्देनले प्रयोग गरेको तातो पानी मूलको दृश्यावलोकनका साथै तातो पानीमा स्नानसमेत गर्न पाइने लिम्बुको भनाई छ । उनका अनुसार त्यहाँको तातोपानीमा स्नान गरे छालाका सबै रोग निको हुने जनविश्वास रहेको छ । मेला लाग्ने ठाउँमा कच्चि मोटरबाटो प्रयोग गरी सहजै गुग्न सकिनेछ । यहाँ पुग्नका लागी इलाम सदरमुकामबाट मंगलबारेसम्म पक्कि सडकको यात्रा र त्यहाँ बाट गजुरमुखी हुँदै पुग्न सकिन्छ । त्यस्तै दमकबाट पनि लारुम्बा, चतुरेबाट माङसेबुङ गाउँपालिका हुँदै मेला आइपुग्न सकिन्छ ।सन्दकपुर अनलाईनबाट

Leave a Reply

Your email address will not be published.