शंकास्पद अवस्थामा शव फेला

शंकास्पद अवस्थामा शव फेला


इलाम पुस :इलाममा एक युवाको शंकास्पद अवस्थामा शब फेला परेको छ । सूर्योदय नगरपालिका ५ गोगनेका बिमल घलेको शब शंकास्पद अवस्थामा फेला परेको हो । स्थानिय याम बहादुर घलेका छोरा २९ बर्षिय विमल घलेको शव सोमबार घर नजिकैको खोल्सिमा फेला परेको बताइएको छ ।
कपडाले अनुहार छोपिएको र पेटको कपडा हटाईएको अवस्थामा भेटिएको स्थानिय बासीको भनाई छ । शब फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शबको आवश्यक प्रक्रिया पुरा गरेर पोष्मार्टमका लागि पठाइसकेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
शव पोष्टमार्टमका लागि प्रहरी चौकी फिक्कलमा राखिएको छ ।