एनसिएल टावरमा बम बिस्फोट

Breaking News Hot News Mukya Samachar Special News Trending


इलाम पुस : जितपुर अजम्बरे डाँडामा रहेको एनसिएल टावरमा बम बिस्फोट भएको छ । इलाम देउमाई नगरपालिका ७ मा रहेको एनसिएल टावरमा गएराती अज्ञात समूहले बम बिस्फोट गराइएको हो ।
बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जितपुर प्रहरी चौकीका असइ युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएको छ । दुईवटा बम बिस्फोग गराइएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थल नजिकै अर्को सुतली बम र तार समेत फेला परेको छ । फेला परेको सुतली बम नेपाली शेनाको बम निस्क्रिय टोलीले निस्क्रिय गराइ सकेको उहाँले वताउनुभयो ।
राती नै बिस्फोटको आवाज आएको स्थानियले बताएका छन् । बिस्फोटको आवाज सुनेर स्थानियले प्रहरीलाई खवर गरेका थिए । तर घटना स्थलमा आज बिहान मात्र प्रहरी पुगेको थियो । घटनाबाट के कती क्षती भयो भन्ने यकिन जानकारी आएको छैन ।
साथै कस्ले बिस्फोट गराएको भन्नेबारे समेत खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना स्थलमा आज बिहान जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली गएको छ ।

Leave a Reply

Your email address will not be published.