अबैध रक्सी नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै

Breaking News Hot News Mukya Samachar Special News Trending

बरामद गरिएको रक्सी करदाता सेवा कार्यालय इलाम नजिकै नष्ट गरिँदै ।

इलाम पुस : पछिल्लो समय इलाम प्रहरीले अबैध रक्सी नियन्त्रणमा तदारुपता देखाएको छ । भारतसँग खुल्ला सिमा भएको इलाममा बढिभन्दा बढि कर छली गरेर र प्रतिवन्दित अवैध रक्सी भित्रिने गरेपछि प्रहरीले सक्रियता देखाएको हो । सोमबार मात्र ३ सय ४ बोतल अवैध महिरा नियन्त्रण पछि नष्ट गरियो । गएको मंसिर २५ मा समेत १ सय ७० बोतल रक्सी नष्ट गरिएको थियो ।
नेपाल प्रहरीले यसअघि बरामद गरेर बुझाएको सो रक्सी जिल्ला स्थित करदाता सेवा कार्यालयले नष्ट गरेको हो । भारतको सिक्किममा बनेको प्रतिबोतल ७५० एमएलको उक्त सिक्किमे मक्स जिल्लास्तरीय अवैध मदिरा नियन्त्रण समितिको निर्णय र रोहबरमा नष्ट गरिएको हो ।
मदिरा नष्ट गर्ने क्रममा कर अधिकृत प्रकाश राईसहित इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे, इलाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार गौतम, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सफल पोर्तेल, इलाम उद्योग वाणिज्य संघका महासचिव हेमन्त गौतमसहितको उपस्थिति रहेको थियो ।
नष्ट गरिएका मदिराका बोतलहरुमा उत्पादन मिति नरहेको र कतिपयमा भारतीय अन्तरशुल्कको स्टिकर भएको तथा कतिमा नभएको कर अधिकृत राईले जानकारी जानकारी दिनुभयो । उक्त मदिरा नियमित गस्तिका क्रममा पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले बरामद गरेर करदाता सेवा कार्यालयलाई बुझाएको हो ।
इलाका प्रहरी कार्यालयले कात्तिक १९ मा ११२ बोतल र मंसिर २२ मा १९२ बोतल करदाता सेवा कार्यालयलाई बुझाएको हो ।
उक्त मदिरा करदाता सेवा कार्यालय नजिकै धोविधारामा नष्ट गरिएको थियो । यस अघि पनि अवैध रक्सी बरामद गरेर नष्ट गरिएको थियो ।
भारतको सिक्कममा निर्माण गरिएको रक्सी नेपालका लागि प्रतिबन्द गरिएको छ । तर भारततर्फबाट नेपाल भित्रियाएर जिल्लाभर नै किनबेच गर्ने गरिएको छ । पछिल्लो समय प्रहरीको अनुगमन र निगरानीका कारण किनबेचमा घट्दै आएको वताइएको छ ।
सिक्किममा उत्पादन भएर अवैध रूपमा नेपाल भित्रिएको १७० बोतलको १२६ लिटर रक्सी २५ मंसिरमा समेत करदाता सेवा कार्यालयले नष्ट गरेको थियो । करदाता सेवा कार्यालयले विभिन्न समयमा अनुगमनको क्रममा नियन्त्रणमा लिएका र सो कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र पशुपतिनगरको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर कार्यालयलाई बुझाएको थियो ।
कार्यालयले अवैध मदिरा नियन्त्रण समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय, इलाम उद्योग वाणिज्य संघसमेतको रोहबरमा इलाम नपा ८ धोविधारास्थित मेची राजमार्ग नजिकै खाली जमिनको खाडलमा उक्त मदिरा नष्ट गरेको हो । कर अधिकृत प्रकाश राईका अनुसार अन्तशुल्क निर्देशिका २०६८ (परिमार्जित पाँचौँ संस्करण)को ब्यवस्थाबमोजिम अवैध मदिरा नष्ट गरिएको हो ।
नष्ट गरिएको मदिरामा सिक्किमको ब्राण्डी ७५० एमएलको रहेको वताइएको छ ।
तस्विमा

Leave a Reply

Your email address will not be published.