इलाम पुस : इलामको सूर्योदय नगरपालिका ७ गोगनेका बिमल घलेलाई सोमबार हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले छिमेकी २८ वर्षिय बिजय घले र भारतको दार्जिलिङ घर भएका २९ वर्षिय बिजय घलेलाई नियन्त्रणमा लिएको हो ।
कर्तब्य गरी मारेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
अभियुक्त दुबैजनालाई इलाम जिल्ला अदालतबाट म्याद लिई इलाका प्रहरी कार्यालय पशुपतिनगरमार्फत अनुसन्धान भइरहेको छ । घलेको शब घर नजिकैको खोल्सीमा हिजो दिउशो फेला परेको थियो ।
घटनाको प्रक्रिति र शवको अवस्था हेर्दा बिमललाई मारिएको हुन सक्ने भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शबको हिजो प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा पोष्मार्टम गरिएको थियो ।