सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधीमा नेपालमा रहदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरूप७ लाख पाउने छन ।
वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो ।यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वीकृति अवधिमा नै नेपाल आइ विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीका नजिकका हकवालाले आर्थिक सहायता स्वरूपजनही ७ लाख रुपैयाँ पाउने भएका छन् । २०७४ अघि मृत्यु भएकाश्रमिकको हकमा भने ३ लाख रुपैयाँ पाउने छन् ।
एक वर्षअघि बोर्ड बैठकले भने वैदेशिक रोजगारीका क्रममा बिरामी भइ स्वदेश आएका र बिदामा आइ बिरामी भई उपचारका क्रममा मृत्यु भएका ११४श्रमिकका हकमा मात्र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । गत हप्ता बसेको बोर्डको बैढकले नेपाल आई मृत्यु भएका बाँकी २०१ श्रमिकका आफन्तलाई समेत आर्थिक सहायता दिने निर्णय गरेको छ । अब भने जुनसुकै कारणले पनि नेपाल आई मृत्यु भए मापदण्डमा परेका सबैले अनिवार्य आर्थिक सहायता पाउने छन् ।
वैदेशिक रोजगार बोर्डको बैठकले हालै गरेको निर्णय २०१ जनालाई क्रमशः दिने निर्णय भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । “बोर्डले निवेदन दिएर छनोटमा परेका मृतकका नजिकका नातेदारलाई २०-२० जनाको दरले सहायता रकम वितरण गर्ने भएको छ,” बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले कारोबारसँग भने,“एक वर्ष पहिला ११४ र हाल२०१ गरी निवेदन दर्ता गरेका ३१५ जनाले आर्थिक सहायता पाउने गरी बोर्डले सहायता रकम वितरण सुरु गरेको छ ।”
हालसम्म ५०-६० जनालाई यस्तो सहायता प्रदान गरिएको बोर्डले जनाएको छ । यि मध्ये लगभग ३०-३५ जना मृतकका आफन्तले भने ३ लाखका दरले पाउने छन । २०७४ मा वैदेशिक रोजगार ऐनमा संशोधन गरेर मृतकका आफन्तलाई दिँदै आएको आर्थिक सहायता बढाएर ७ लाख पु-याइएको थियो । ऐन संशोधनहुनुअघि मृत्यु भएकाको हकमा ३ लाख र ऐन संशोधन भएपछि मृत्यु भएकाको हकमा भने ७ लाख रुपैयाँ पाउनेछन् । यसरी हेर्दा लगभग २९० जना मृतकका आफन्तले भने ७ लाख रुपैयाँका दरले आर्थिक सहायता पाउने देखिएको छ ।
एक वर्षअघि गरेको एक निर्णयमा भने वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र विरामी भइ स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा मृत्यु भएका ११४ जना कामदारका परिवारका नजिकका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।
सो सहायताका लागि बोर्डको सचिवालयले दर्ता भएका निवेदनहरू र संलग्न कागजातहरूको छानविन गरी बैठकमा निर्णयार्थ पेश गरेको थियो । त्यसबेला ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप ६ करोड ६६ लाख व्यवस्था गरेको थियो । हाल सबै मृतक श्रमिकको आर्थिक सहायताका लागि बोर्डले २५ देखी ३० करोड रुपैयाँसम्म लाग्ने जनाएको छ । यस अघि पटके निर्णय गदै यस्ता मृतकका नाममा आर्थिक सहायता हुदै आएकोमा अब भने निवदेन हेरेर बोर्डले नै आर्थिक सहायता नियमित गर्र्नेे भएको छ । कारोबारबाट