हाइब्रिड मकैको बीउ लिन भारततर्फ

मनिषा चम्लागाईँ

झापा- धानबाली भित्र्याएसँगै यतिबेला कृषक मकैबाली लगाउन व्यस्त छन् ।तर, कृषकले नेपालमा नै उत्पादित हाइब्रिड मकैको बीउ पाउन सकेका छैनन् । झापा बिर्तामोड नगरपालिका–३का सुवास महतोविगत ३ वर्षदेखि व्यावसायिक मकै खेती गर्दै आएका छन् । नेपालमा हाइब्रिड मकैको बीउ नपाइएकै कारण महतोले भारतको ठाकुरगञ्जबाट ९१६५ जातको ४५ किलो मकैको बीउ खरिद गरे । महतोले हाइब्रिड मकैको बीउ प्रतिकिलो५ सय ४० रुपैयाँमा खरिद गरेका हुन् ।
नेपालमा वार्षिक १० हजार टन हाइब्रिड मकैको बीउ आवश्यक पर्दै आएपनि नेपालको उत्पादनचार टनमात्र रहेकोबाली अनुसन्धान कार्यक्रम रामपुरको तथ्यांकमा उल्लेख छ । बाँकी बहुराष्ट्रिय कम्पनीका मकैको बीउ नेपाल भित्रिने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. केशवबाबु कोइरालाले बताए ।नेपालमा ९ लाख ५८ हजार हेक्टर जमिनमा मकै खेती गर्न सकिन्छ । गत वर्ष उत्पादन भएको ४ टन हाइब्रिड मकैमध्ये झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले नमुना एकीकृत खेतीमार्फत २.२ टन मकै उत्पादन गरेको थियो । देशभरमा चार टन उत्पादन भएको रामपुर १० जातको बीउमध्ये समूहले मात्र दुई टन उत्पादन गरेको एकीकृत खेतीका अध्यक्ष वेधनिधि चापागाईंले जानकारी दिए। बाँकी २.५ टन मकै लुम्बिनी सीडउत्पादन कम्पनीले गरेको थियो ।

नेपालमा विकास भएका हाइब्रिड मकैको उत्पादन प्रतिहेक्टर सातदेखि नौ टनसम्म रहेको बताइएको छ । नेपालको भौगोलिक हावापानी सुहाउँदो हाइब्रिड जातको मकैको बीउ नेपालमै विकास भइसकेकोले मकैको उत्पादन बढाउन अब यसैलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि यस विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप डा.कोइरालाले लगाए । “चालू आर्थिक वर्षमा नेपाल कृषि अनुसन्धान परिषद्ले हाइब्रिड मकैको विकास, अध्ययन र अनुसन्धानका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन ग¥यो, उक्त सीमित बजेटले हाइब्रिड मकैको उत्पादन कसरी बढाउने,” कोइरालाले भने, “सरकारले हाइब्रिड जातको मकैको उत्पादन बढाउन लगानी वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन गर्न आवश्यक छ ।”
नेपालको मकै उत्पादन प्रतिहेक्टर २.५ टन छ । नेपालले विकास गरेको हाइब्रिड जातको मकैको उत्पादन ७ देखि ९ टनसम्म रहने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । तराईका जिल्लामा ७५ हजार हेक्टरमा मात्र हाइब्रिड जातको मकै लगाइने गरिएको तथ्यांक रहेको छ । एक हेक्टर जमिनमा २० किलो हाइब्रिडमकैको बीउ आवश्यक पर्छ । त्यसमा १६ किलो पोथी जातको र ४ किलो भाले जातको बीउ आवश्यक हुन्छ ।थोरै जमिनमा बढी उत्पादन लिन सकिने, भूगोल अनुसार सुहाउँदो हाइब्रिड मकै नेपालको तराई, भित्री मधेस र पहाडी उपत्यका लगायत क्षेत्रमा उत्पादन गर्न सकिने प्रमुख डा. कोइराला बताउँछन् । नेपालमा आफैँले विकास गरेका हाइब्रिड जात मकैको उत्पादन राम्रो देखिए पनि आवश्यक मात्रमा नभएको कोइरालाको भनाइ छ । कृषकको मागअनुसार बीउ उत्पादन गर्नका लागि निजी कम्पनी र सहकारीलाई सरकारी तहबाट अनुदान दिनुपर्ने उनको धारणा छ । नेपालमा विकास भएका हाइब्रिड मकैको उत्पादन राम्रो रहेको साथै दाना ठूला हुने भएकाले नेपाली हाइब्रिड मकैप्रति किसानको आकर्षण बढ्दै गएको उनले जनाए ।
नेपाल सरकारले बहुराष्ट्रिय कम्पनीका ५३ वटा हाइब्रिड मकैका जातलाई सूचिकृत गरेको छ । रामपुरमा बहुराष्ट्रिय कम्पनीका ५० भन्दा बढी वटा हाइब्रिड मकैको जातको अनुसन्धान भइरहेको छ । मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेका २ सय बढी जातको हाइब्रिड मकैको अनुसन्धान भइरहेको मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।बजारमा सूचिकृत नै नभएका हाइब्रिड मकैको बीउसमेत बिक्री हुने गरेका कारण उक्त मकै लगाउदा समस्या आउनसक्ने कोइराला बताउँछन् । “केही वर्ष अघि कृषकले सूचिकृृत नभएको बीउ प्रयोग गर्दा उत्पादन नभएकाले सरकारले २२ करोड रुपैयाँसम्मको राहत बाँड्नु प¥यो,” उनले भने,“सरकार क्षतिपूर्ति तिर्न तयार छ, तरदेशमा नै हाइब्रिड मकैको उत्पादन वृद्धि गर्न आवश्यक कार्यक्रम ल्याउन तयार छैन ।”बजारमा आएका बहुराष्ट्रिय कम्पनीका हाइब्रिड जातका मकैका बीउभन्दा नेपालमै विकास भएको हाइब्रिड जातको मकै लगाउन कृषकलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।
सरकारले लगानी वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन, किसानलाई नेपाली हाइब्रिड जातको मकैको बीउ प्रयोग गर्न प्रोत्साहन, आवश्यक अनुदानको व्यवस्था गर्ने कार्यक्रम ल्याउन सके ५ वर्ष भित्र बीउमा नेपाल आत्मनिर्भर हुन सक्ने उनी बताउँछन् । जसका लागि प्रतिहेक्टर ४ टन मकै उत्पादनमा वृद्धि गर्नु पर्ने उनको धारणा छ । हाइब्रिड जातको बीउ उत्पादन गर्न कठिन हुने भएकाले निजी क्षेत्र र सहकारीलाई आवश्यक सहयोग गर्नुपर्ने उनको राय छ । अहिले नेपालमा पोल्ट्री व्यवसायका लागि मात्र वार्षिक ४ लाख टन मकै आवश्यक पर्छ । त्यसको ७५ प्रतिशत मकै छिमेकी देश भारतबाट आयात हुने गरेको तथ्यांकमा उल्लेख छ । झापाको नमुना एकीकृत खेती र लुम्बिनी सीड उत्पादन कम्पनी बाहेक अरु कम्पनीले पनि यस वर्षदेखि बीउ उत्पादन गर्ने जनाइएको छ । युनिक सीड कम्पनी धनगढी, पञ्चशक्ति सीड कम्पनी धनगढी, गेट नेपाल बाँके, मदन भण्डारी स्मृति प्रतिष्ठान मोरङले पनि बीउ उत्पादन सुरु गरेका छन् । बीउ उत्पादनमा निजी क्षेत्रले नै योगदान पु¥याउँदै आएको कृषि विज्ञ बताउँछन् ।
यो परिमाणलाई बढाउने गरी खेती विस्तार गरिदैँ लगेको मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ ।
झापाको महारानीझोडा स्थित बिउबिजन प्रशोधन तथा भण्डारणका मुख्य व्यवस्थापक हेमराज विष्टका अनुसार हाइब्रीड बीउको माग अधिक रहेका कारण माग पूरा गर्न चुनौती छ । बीउको माग बढ्न थालेपछि झापा, मोरङ, सुनसरीलगायत जिल्लाबाट बिक्री हुँदै आएको छ । इलाम, पाँचथर, सप्तरी, सिरहालगायतका जिल्लाबाट बीउको माग आए पनि आपूर्ति गर्न कठिन भइरहेको व्यवस्थापक विष्टले बताए । उत्पादन र उत्पादकत्व बढाउन पछिल्लो समय तराई क्षेत्रका कृषकको रोजाइमा हाइब्रिड मकै पर्ने गरेको छ । विभिन्न बालीका उन्नत बीउ उत्पादनमा किसानको सहभागिता बढ्दै गए पनि नेपाली कृषकवाह्य देशको मकैको बीउ प्रयोग गर्न बाध्य छन् ।कृषि उपजको उत्पादकत्व वृद्धिका लागि उन्नत बीउ पहिलो आवश्यकता रहेकाले किसानको खोजीमा यस्ता बीउ पर्न थालेका छन् ।

Leave a comment

Your email address will not be published.