यसरी हुँदैछ राष्ट्रियसभा सदस्य निर्वाचन

Breaking News Mukya Samachar Special News

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि सकिँदैछ । पदपूर्तिका लागि निर्वाचन आयोगले बहुमतीय प्रणालीबाट रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गर्न लागेको हो ।

फागुन २० गते राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जनाको पदावधि सकिने भएपनि रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेश नम्बर–१ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश नम्बर–२ मा महिला, दलित, अपांगता वा अल्पसंख्यक र अन्य समूहमा चारजना, वाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई/दुईजना र प्रदेश नम्बर–५ मा महिला, अपांगता वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजनाका लागि निर्वाचन हुन लागेको हो ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई/दुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–२०७५, को अनुसूची १ अनुसार प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा कुनै ‘क्लस्टर’को एकजना सदस्यको मात्रै निर्वाचन गर्नुपर्ने व्यवस्था आए सबैभन्दा बढी मत ल्याउने सदस्य विजयी हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.