अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

Breaking News Hot News Mukya Samachar Special News Trending

काठमाण्डौ – नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै शुक्रबार सर्वाेच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी दिनेश त्रिपाठीले सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ  गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो । 

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published.