सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन सकेनन् : प्रचण्ड

Breaking News Mukya Samachar Special News Trending

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन नसकेको बताएका छन्।

नवलपुरमा पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले सरकारका कामको राम्रो प्रचार नभएको बताए।

‘दुई वर्ष त्यतिधैरै उत्साहवर्द्धक हुन सकेन। त्यतिधेरै निराशाजनक पनि छैन। सरकार र पार्टीले गरेका राम्रा काम प्रचार गर्ने काम भएन’, प्रचण्डले भने, ‘पार्टी कमिटी क्रियाशील नभएकाले राम्रा काम स्थापित गर्ने काम हुन सकेन।’

उनले स्थानीय र प्रादेशिक सरकारको गल्ती कमजोरी सच्याउन पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको बताए।  स्थानीय सरकारका कारण कतिपय जनगुनासो देखा परेको तर समाधान गर्न नसकिएको उनको भनाइ छ। 

‘अब सरकारको तीन वर्ष बाँकी छ। अन्तिम वर्ष चुनावी वर्ष भएर आउँछ। दुई वर्षमा विकास निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने योजना अगाडि बढाउन जरूरी छ’, उनले भने, ‘युद्धस्तरमा काम अगाडि बढाउनु पर्नेछ।’

प्रचण्डले राजनीतिक आन्दोलनमा पार्टीले सत्ता चलाउनु पर्ने बताए।

‘सत्ताले पार्टी चलाउने हैन। सरकारलाई आफ्नो उद्देश्य मूल्यमान्यतातिर लैजानु पर्छ। केही ढिला भयो। तर बिग्रेको छैन’, उनले थपे, ‘बाँकी तीन वर्ष पार्टी एकतावद्ध गरेर जनताको समस्या नजिकबाट समाधान गर्नुपर्छ। अब आउने बजेट पूरै लोकप्रिय हुनुपर्छ भन्ने मत छ। बजेट पार्टीप्रति जनतालाई उत्साहित गर्नेगरि ल्याउनेमा ध्यान छ।’

Leave a Reply

Your email address will not be published.