मन्त्री रानालाई गृह जिल्लामा सम्मान

मन्त्री रानालाई गृह जिल्लामा सम्मान


टीका खतिवडा
इलाम, माघ :
१ नम्वर प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री राम रानालाई गृह जिल्ला इलाममा सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्य समिति इलामले मन्त्री रानालाई सम्मान गरिएको हो । गएको माघ पाँच गते मुख्यमन्त्री शेरधन राईले राना सहित चार जना सांसदलाई राज्यमन्त्रीको सफत गराएका थिए ।


रानालाई नेकपा इलामको कार्यालयमा प्रदेश कमिटी सदस्य टीका घिमिरे, बिजय राई, जिल्ला समन्वय समिति इलामका प्रमुख तथा नेकपाका नेता गणेश बराल लगायतले सम्मान गरेका थिए । जिल्ला सचिव सिन्धु राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै रानाले कृषि र सहकारीको क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आगामी असारसम्मका कार्यक्रम र बजेट निर्माण भइसकेको भन्दै सो अवधीसम्म जति गर्न सके पनि त्यसपछि भने आफुले किसानका समस्या समाधान गर्नेगरि काम गर्ने वताए । प्रदेश सरकारले दिएको जिम्मेवारी आफुले सहि ढंगबाट सहयोग गर्ने वताउँदै उनले सहयोग गर्न पार्टी पंक्तिसमक्ष आग्रह समेत गरे ।


गएको बैशाखमा पूर्व नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको इलाम जिल्ला अध्यक्ष बनेका रानाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट विद्यार्थी राजनिती सुरु गरेका हुन् । २०३७ सालमा विद्यार्थी युनियनको जिल्ला अध्यक्षमा निर्वाचित भएका उनी २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापती समेत निर्वाचित भएका थिए । २०४४ सालको अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका मगर इलाममा युवा संघको स्थापना हुँदा संस्थापक सचिव निर्वाचित भएको थिए ।

२०७१ सालमा एमालेको नवौ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

मन्त्री राना २०७४ मंसिरमा सम्पन्न प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभाको निर्वाचनको लागी इलाम क्षेत्र नं २ को १ बाट बिजयी बनेका थिए ।