एबोकार्डोको माग बढ्यो

Breaking News Mukya Samachar Special News Trending

 पहिला स्वादहिन भनेर खेर जाने एर्बोकाडो अहिले व्यवसायिक उत्पादन भएपनि उपभोक्ताले माग अनुसार पाउन सकेका छैनन् ।

नेपाली जनजिब्रोमा घिउफल भनेर चिनिने एर्बोकाडो इलाममा २०४५ सालतिर सलकपुरमा रोमस अधिकारीले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले आम्दामीनै दिन थालेको छ । रोङको जिर्मले बाहेक इलामका अन्य भूभागहरुमा समेत बिस्तार हुदै गएको र इलामे उपभोक्ताहरु पनि रुचाएको फल बनेको छ ।

अहिले सलकपूर आउने पर्यटकहरुले यसको धेरै माग गर्ने गरेको भएपनि माग अनुसार उत्पादन नभएको कारण पुरा गर्न नसकिएको सलकपुरका ब्यवसायी याम अधिकारीले बताए । शुरुमा के हो कसैलाइ थाहा र वास्ता हुदैन थियो अहिले भने व्यापारीले बोट नै किनेर टिपेर लैजान थालेको किसान इश्वरी अधिकारी भनाई रहेको छ ।

अधिकारीले गत बर्ष ५० हजारमा बोट नै बेचेका थिए तर यस बर्ष बोट रोगिएको र कम फलेको कारण २५ हजारमा बेचेको बताए । ठूलो रुख हुने बारी पाखा सिमसार र खोल्सामा समेत रोप्न सकिने आवश्यक्ता परेको बेलामा काठ र दाउरा काट्न सकिने साथै गाईवस्तुले समेत औधी मन पराएर यसको घाँस खाने बिशेषता रहेको यसको एउटै रुखमा तीन चार सय किलो सम्म फल्ने गरेको र अहिले पनि घरैबाट दुई देखी दुई सय पचास रुपैयाँमा बेचेको सलकपूरका किसान अधिकारीले बताए ।

यसै गरि रोङ गाउपालिकाले गत बर्ष किसानको मागको आधारमा चालिस रुपैयाँ र ढुवानी खर्च बेहोरेर ८० रुपैयाँमा दुई सय तीस बटा बिरुवा धनकुटाबाट ल्याई बितरण समेत गरेको छ । रोङको सबै वडामा उत्पादन हुन सक्ने यो फलको बिरुमा स्थानिय स्तरमा पनि उतपादन हुन थालिसकेको र किसानको बारीमा कति छ भनेर तथ्याङ्क लिने तयारी रहेको गाउँपालिकाले बताएको छ ।

आफनो् स्वाद नभएर नौनी घिउ जस्तो भएको कारण नेपालीमा घिउफल भनेर चिनिने एर्वोकाडो मध्य अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशिय राम्रो नगदे बाली हो । उसको खेती समुद्र सतहबाट २ हजार ५०० मिटर सम्म गर्न सकिन्छ । मानव स्वास्थ्यको लागि आवश्यक चिल्लो र कार्वोहाइडेड पाइने गरेको छ । बिरुवा रोपेको चार बर्षदेखी पचास बर्षसम्म आम्दामी दिने मानिएको यस फल दुइदेखी चार यस ग्राम सम्मको हुने गरेको छ । एर्बोकाडोमा मानव शरिरको लागि आवश्यक मानिने सबै प्रकारको भिटामिनहरु र मिनिरल पाइने बिज्ञहरुको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published.