मरब क्याम्पसमा अखिलको नाटकिय प्रस्तुती

Breaking News Hot News Mukya Samachar Special News Trending

इलामको सवैबन्दा ठुलो शैक्षिक संस्था महेन्द्ररत्न बहुमुखी क्याम्पसमा फिल्मी शैलीमा तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्वबियूको दुइ पक्षिय बिबादका कारण क्याम्पसमा तोडफोड भएको हो ।
क्याम्पस प्रमुखको कार्यकक्ष, सहायक प्रमुखको कार्यकक्ष र लेखा शाखामा डेढ महिना अघि तालाबन्दी भएको छ । अखिलकै एक पक्षियले लगाएको ताला फोन अर्को पक्ष क्याम्पसमा जाँदा कुटाकुट भएको थियो । त्यसपछि क्याम्पसमा तोडफोड भएको हो । अखिलका पूर्व जिल्ला अध्यक्ष इश्वरी तामाङ लगायतको नेतृत्वमा क्याम्पसमा तालाबन्दी भएको छ । तालाबन्दीले बिद्यार्थीहरुलाई समस्या भएको भन्दै यता सुसान्त चागागाइँ, खेमसागर खनाल लगायतको टीम ताला खोल्न गएको थियो । सो ताला खोल्न खोज्दा इश्वरी तामाङ पक्षबाट ठेलाठेल भएपछि कुटाकुट सुरु भएको वताइएको छ ।
छुट्याउने क्रममा क्याम्पसका कर्मचारीमाथी नै हातपातको प्रयास भएको छ । गालिगलौज गर्दै आक्रोशित समूहले आफैँ अध्ययन गरेको शैक्षिक संस्थामा तोडफोड गरेको हो । संगठनको रिस आफैँले शिक्षा लिएको थलोमा पोख्नु र भौतिक पूर्वाधार भत्काउनुले उनीहरुको चरित्रमाथी प्रश्न उठेको छ ।
घटना त्यसै दिन रचिएको भने हैन । सुनियोजित ढंगबाट घटना भएको पुष्टि हुन्छ । क्याम्पस प्रमुखकै रिसको कारण घटना घटेको हो । क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँलाई राजिनामा गराउन नेकपा इलाम लागि परेको छ । नेकपाको पनि एक समूह क्याम्पस प्रमुखको विरुद्धमा छ । नेकपाको बौद्धिक समूह भने आफूहरु सँधै सत्यको पछि लाग्ने भन्दै रामप्रसाद गुरगाइँलाई जोगाउन लागि परेको उनीहरु बताउँछन् ।


क्याम्पसमा राम्रा काम नभएको भन्दै प्रमुख रामप्रसाद गुरगाइँलाई राजिनामा दिन दवाब दिइरहेको समूह र प्रमुखलाई बचाउ अभियानमा लागेको समूह बिच झगडा भएपछि क्याम्पसमा तोडफोड भएको हो ।


क्याम्पसमा प्रमुखको बिरोध गर्दै प्रमुखले निकालेका सूचनाको बिरुद्धमा अर्को सूचना समेत निस्किने गरेका छन् । प्रमुख गुरगाइँले क्याम्पसमा जाडो बिदाको सूचना निकाल्दा बिरोद गर्दै सहायक क्याम्पस प्रमुख प्रेमप्रसाद लुइँटेलले अर्को सूचना निकालेका थिए । त्यसपछि प्रमुखले अदालतमा मुद्धा हालेपछि अदालतले पनि प्रमुखकै पक्षमा फैसला गरेको थियो । हाल क्याम्पस सञ्चालन भइरहेको छ । यता क्याम्पसका सहायक प्रमुख भने उल्टै अदालतले ब्यवहारिक पाटो बुझ्न नसकेको तर्क राख्छन् ।


यसै क्रममा १८ बुँदे माग सहित आन्दोलनमा रहेको अखिलको एक समूहको ताला अर्का समूहले फोर्न खोज्दा आएको बिबाद यतिमा नै नरोकिने एक बिद्यार्थी नेता बताउँछन् । उता क्याम्पस कमिटीको अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारीका क्याम्पस कमिटी पदाधिकारीका दुई पदाधिकारीले क्याम्पस प्रमुखले नै भिजलन्ते पठाएको आरोप सहितको बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा अखिल (क्रान्तिकारी) क्याम्पस कमिटीका सहसचिव भवन लिम्बू र अनेरास्विबियु क्याम्पस सचिव बिशाल कार्कीले हस्ताक्षर गरेका छन् ।

घटनाको चौतर्फी बिरोध सुरु भएको छ । नेबिसंघ र लिम्बू बिद्यार्थी मञ्च क्याम्पस समितिका पदाधिकारीले पनि दोषिलाई तत्काल कारबाही होस भनेर प्रमुख समक्ष माग गरेको वताएका छन् । सत्यतथ्य पत्ता लगाएर दोषिमाथी कारबाहीहोस भनेर सामाजिक सञ्चालमा समेत उनीहरुको रबैयाको बिरोध सुरु भएको छ ।
बिज्ञप्ति

Leave a Reply

Your email address will not be published.