प्रदेश स्तरिय दलित भेला तथा दक्षिण एसियाली दलित मिट सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending

इलाम : इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ शुक्रबारबाट सुरु भएको छ । इलाममा रहेका सम्पुर्ण दलितसँग सम्वन्धित संघसंस्थाको आयोजनामा भएको इलाम सदरमुकाममा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने भेलाको दुई नम्वर प्रदेशका प्रमुख तिलक परियारले उद्घाटन गर्नु भएको थियो । उहाँले सम्वोधन पछि अझैपनि दलितहरुले कुनै न कुनै बहानामा समाजबाट हेपिनु परेको वताउँदै यसको अन्त्य गर्न सबै दलित समुदाय लाग्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै संघिय सांसद सुजता परियारले अझैपनि ठुला दलहरुले दलितका सवालमा खुलेर बोल्न नसकेको वताउँदै एकजुट भएर आफ्ना हकअधिकार खोज्न लागि पर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रतिनिधि सभामा महिला र दलितका मुद्धाहरु आफुले खुलेर राख्ने गरेको वताउँदै इलाममा भएको कार्यक्रमले अझ आफ्ना मुद्धा अगाडी बढाउन मजबुद बनाएको धारणा राख्नुभयो ।
मूल आयोजक समितिका संयोजक नवराज शंकरको अध्यक्षतामा भएको भेलामा प्रदेश नम्बर १ का दलित अगुवा सहित ४ सय दलित जनप्रतिनिधि छन् । भेलामा दलित समुदायका संघिय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा कार्यपालिका सदस्यहरू छन् । दलित प्रतिनिधिहरुले पाएको अवसर र चुनौतीका विषयमा छलफल हुनेछ ।


भेलाको उद्घाटनपूर्व ठूलो टुडिखेलबाट पञ्चबाजा सहित निकालिएको रयाली गौतम बुद्ध सभागृहमा सभामा परिणत भएको थियो । भेलाको पहिलो दिन नेपालमा जातपात र छुवाछुतको ऐतिहासिक पक्ष एवं योजना तर्जुमाको सवाल र दलित समुदायको भूमिका बिषयमा क्रमश संबिधानसभा सदस्य पदमलाल बिश्वकर्मा र जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालको प्रस्तुती रहेको छ । यस्तै पहिलो दिन साँझमा अतिथिहरुलाई स्वागत गर्ने उद्येश्यले राष्ट्रिय गायक डेबिट शंकर लगायत स्थानीय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम समेत रहने वताइएके छ । भेलाको दोस्रो तथा अन्तिम दिन अर्थात शनिबार प्रदेश एकका १४ वटै जिल्लामा दलितका सवालमा भएका काम, अवसर तथा अवस्थाको सबै जिल्लाका एक÷एकजना प्रतिनिधिबाट रिपोटिङ हुनेछ । त्यस्तै संबिधान, कानुन र नीति निर्माणमा दलितको सवाल, नेपालको दलित आन्दोलन बिगत, वर्तमान र भविष्य तथा दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको सवालमा क्रमश प्रतिनिधिसभा सदस्य मिन बिश्वकर्मा, दलित अधिकारर्मीहरु गणेश बिके र जेबि बिकेको प्रस्तुती रहेको छ ।

त्यसैगरी दलित महिला अवसर, संभावना र चुनौती बिषयमा सांसद लक्ष्मि परियार सिता सुन्दासंग बहस हुनेछ भने दलित समुदायको समस्या र राज्य बिषयमा प्रदेश नम्बर १ का भूमि तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर राना र पत्रकार बिनोद पहाडीसंग बहस सञ्चलान हुनेछ । यसैगरी दलित समुदायको पेशा संरक्षण र आधुनिकिकरण बिषयमा बिमल धमला र हरि दर्जीसंग पनि बहस हुनेछ ।
भेलाको समापनमा इलाम घोषणापत्र जारी हुनेछ । दलित आन्दोलनलाई बढावा दिन तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन राज्यलाई दबाब गराउने उद्येश्यले यो कार्यक्रम अब प्रदेशैपिच्छे आयोजना गरीने भएको छ ।

Leave a Reply

Your email address will not be published.