ओमानसँग फेरि हार्‍यो नेपाल

Breaking News Mukya Samachar Special News

इलाम : आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो ।

उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि ओमानको जीत सहज बनेको हो ।

दुई पटक ‘जीवनदान’ पाएका अकिब इल्यासले अविजित १०९ रन बनाए । उनलाई २५ औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच छाडेका थिए ।

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको नेपालले ओमानी ब्याट्सम्यानको विकेट झार्न नसक्दा ७ वर्षपछि पराजित गर्ने सपना अधुरै रह्यो ।

२५० रनको लक्ष्य ओमानले ४७।२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका करण केसीले पहिलो ओभर मेडन गर्दै नेपालको लागि सुखद शुरुवात गरे । तर त्यसपछि ओमानले उत्कृष्ट ब्याटिङ गर्‍यो । १० ओभरको पावरप्लेमा ओमानले कुनै विकेट नगुमाई ४१ रन जोडेको थियो ।

जतिन्दर सिंह र खावर अलीको ओपनिङ जोडीले ओमानलाई गतिलो शुरुवात दिएका थिए । १२औं ओभरमा कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाए । विकेटको खोजीमा कप्तान ज्ञानेन्द्रले शुरुमै बलरहरुलाई प्रयोग गरेका थिए । जसको नतिजा १२ औं ओभरको दोस्रो बलमा कुशल मल्लले ओपनर जतिन्दर सिंहलाई बोल्डआउट गरे । जतिन्दरले ४१ बल खेल्दै ३ चौका मद्दतमा २३ रन बनाए।

त्यसपछि ओपनर खावर अली र अकिब इल्यासले ओमानको इनिङ्स सम्हाले । यी दुईले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । खावरलाई सुशन भारीले १९औं ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

तर त्यसपछि भने ओमानी ब्याट्सम्यानले नेपाली बलरलाई कुनै अवसर दिएनन् । १८।५ मा ८३९२ मा रहेको ओमानका लागि उपकप्तान अकिब इल्यास र कप्तान जिसन मक्सुदले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरे । मक्सुद र इल्यासले १६७ रनको साझेदारी गर्दै ओमानलाई जितसम्म पुर्‍याए ।

इल्यासले १०९ रन बनाए । यस्तै मक्सुदले ६८ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

नेपालका लागि ओडीआईमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका मल्लले ५६ रन बनाए । यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन बनाए । सन्दीप लामिछानेले अविजित १० रन जोड्दा डेब्यु ब्वाए कमल सिंह ऐरीले अविजित ९ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने खाता नखोली आउट भए ।

पावर प्लेमा २२ रन बनाएको नेपालले कुनै विकेट नगुमाई राम्रो शुरुवात गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे । सुवास व्यक्तिगत २२ रन हुँदा पहिलो विकेटको रुपमा आउट भए । ४२ बल खेल्द १ चौका प्रहार गरेका सुवासलाई मोहम्मद नदिमले एलबीडब्लु आउट गरेका थिए ।

त्यसपछि क्रिजमा पुगेका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकसिय साझेदारी गरे । २४औं ओभरमा पारस खड्का नदिमकै बलमा सन्दीप गौडबाट क्याचआउट हुनुअघि यी दुईले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।

पारसले ३४ बल खेल्दै ६ चौका १ छक्काको मद्दतमा ३८ रन बनाए । त्यसपछि कप्तान ज्ञानेन्द्रलाई साथ दिन क्रिज पुगेका उपकप्तान दीपेन्द्र मल्ल खाता नखोली आउट भए । २४ औं ओभरको चौथो बलमा ३ बल खेलेका दीपेन्द्रलाई नदिमले बिलाल खानको हातबाट क्याचआउट गराए ।

एकै ओभरमा २ विकेट गुमाएपछि नेपाल केही दबाबमा आएको थियो । २९औं ओभरमा कप्तान ज्ञानेन्द्र चौथो विकेटको रुपमा आउट भए । आरिफ शेख र ज्ञानेन्द्र बीच २१ रनको मात्र साझेदारी भयो । नेपालको लागि दोस्रो ओडीआई अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ७६ बल खेल्द ६ चौका र १ छक्काको मद्दतमा ५६ र बनाए ।

२९ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र अकिब इल्यासको बलमा नदिमबाट क्याचआउट भए । जतिबेला नेपाल १२८९४ को अवस्थामा थियो । अघिल्लो खेलमा अर्धशतक बनाएका कुशल मल्ल र आरिफ शेखले त्यसपछि नेपालको इनिङ्स सम्हाले ।

पाँचौ विकेटका लागि यी दुई खेलाडीले ३९ रनको साझेदारी गरे । आरिफ र कुशल दुवैले समान २८ रन बनाए । दुवैलाई इल्यास ले आउट गरे । करण केसी १० रन बनाएर ४७औं ओभरको चौथो बलमा आउट भए । करण इल्यासको बलमा खावर अलीबाट क्याचआउट भएका थिए ।

विकेटकिपर विनोद भण्डारी ३५ रन बनाएर ४९ औं ओभरको तेस्रो बलमा आउट भए । रन लिन ढिलो दौडिएका उनलाई ओमानका विकेटकिपर सुरज कुमारले रनआउट गरे । त्यसपछि सन्दीप र कमलले नवौं विकेटका लागि १९ रनको साझेदारी गर्दै स्कोर २४९ पुर्‍याए ।

ने‍पालले अन्तिम दुई ओभरमा २३ रन जोडेको थियो । सन्दीपले ७ बल खेल्दै १ छक्काको मद्दतमा अविजत १० रन बनाए । यस्तै कमलले ६ बल खेल्दै १ चौकाको मद्दतमा अविजित ९ रन जोडे ।

ओमानका लागि अलराउण्डर अकिब इल्यासले सर्वाधिक ४ विकेट लिए । यस्तै मोहम्मद नदिमले ३ विकेट लिए । १० ओभरमा

३६ रन खर्चेर ४ विकेट लिए । नदिमले ८ ओभरमा १ मेडन राख्द ४४ रन खर्चेर ३ विकेट लिए । एक विकेट भने रनआउट भएको थियो ।

Leave a Reply

Your email address will not be published.