संघियता कार्यान्वयन गर्न कला र संस्कृति महत्वपुर्ण रहने ः मुख्यमन्त्री राई

Breaking News Mukya Samachar Special News Trending

सुसिला मुखिया
इलाम माघ :
प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले समृद्धिको मुल आधार भनेको नै संघियता भएको बताउनु भएको छ । इलाममा आजबाट सुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उहाँले यस्तो बताउनु भएको हो । नाटक पनि संघियता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको उहाँले वताउनुभयो ।
बिकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र बिकास गरेर नहुने बताउँदै उहाँले कला र संगितको पनि उत्तिकै बिकास गर्न लाग्नु पर्नेमा जोड दिनुभयो । ‘गित, संगित, पहिचान र कलालाई समृद्धिको मुल आधार बनाउनु पर्छ ।’ उहाँले भन्नुभयो । बेग्लै पहिचान र बेग्लै विविधता भएको देशलाई धनी बनाउन यिनै कुराहरुले साथ दिएको बताउनुभयो । हाल देशमा तिन तहमा सरकार क्रियाशिल रहेको बताउँदै उहाँले समृद्धिको सपना पुरा गर्ने कार्यमा जनताले साथ दिनु पर्ने बताउनुभयो ।
आजबाट सुरु भएको नाटक महोत्सव फागुन एक गतेसम्म निरन्तर सञ्चालन हुनेछ । ७ वटै प्रदेशको मौलिक लोककथाको खोजी गरी छनौट भएर आएका नाटक महोत्सवमा प्रस्तुत गरिने छ ।
महोत्वमा सातै प्रदेशका १–१ मौलिक नाटक मञ्चन गरिने महोत्सवमा प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत हुनेछ । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव सुरु भएको हो ।
संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनौट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्ने छ । प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ । आयोजकको तर्फबाट ‘थान’ नाटक मञ्चन हुने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.