सुद्ध पानीका लागि नामसालिङ मा.वि.मा फिल्टर हस्तान्तरण

Breaking News Hot News Mukya Samachar Special News Trending विश्व अर्थतन्त्र समाचार समाज

इलाम: सुद्ध पानी पिउनका लागि नामसालिङ माविमा फिल्टर हस्तान्तरण गरिएको छ । माईजोगमाई गाउँपालिका ३ स्थित नामसालिङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुद्ध पानी खुवाउने उदेश्यले फिल्टर हस्तान्तरण गरिएको हो ।

माईजोगमाई गाउँपालिकाको तर्फ बाट प्रत्येक कक्षा लाई शुद्ध पानी पिउन को लागि १६ थान फिल्टर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । पानी छान्ने फिल्टर बाल क्लबका अध्यक्ष एलिस सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद ढुङ्गानालाई गाउँपालिका जित ब राईले हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले विद्यार्थीहरु शुद्ध खानेपानीबाट बञ्चित नहुन भन्ने उदेश्यले फिल्टर प्रदान गरिएको बताए । उनले गाउँपालिकाका सबै विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थाका लागि फिल्टर हस्तान्तरण गर्दै लगिने बताए ।

Leave a Reply

Your email address will not be published.