नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रमोसन समाचार समाज

काठमाडौं : नेपाल प्रहरीको २७ औं प्रहरी महानिरिक्षक ९आईजीपी०मा ठाकुर ज्ञवाली नियुक्त हुने भएका छन् । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गर्ने सहमति गरेको हो

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको क्याबिनेटले ज्ञावालीको नाममा सहमती गरेको र त्यसका लागि गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया पुर्याएर ल्याउन भनिएको छ । फेरि, दिउँसो बस्ने मन्त्रीपरिषद् बैठकले भने आधिकारीक रुपमा उनलाई प्रहरी महानिरिक्षक पदमा नियुक्त गर्ने तयारी थालेको छ । निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आज घर फर्कनु भन्दा केही घण्टा अगाडि मात्र नेपाल प्रहरीले २७ औं आईजीपीमा ज्ञावलीलाई पाउने भएको हो ।

आज साँझ नै वर्तमान आईजीपी खनाल लगायत ३ एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाइ गरिने भएको छ । प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।

Leave a Reply

Your email address will not be published.