राँके रवि भेडेटार सडकखण्डको काम गुणस्तरहीन

Breaking News Mukya Samachar Special News Trending

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको राँके रवि भेडेटार सडकखण्डमा कालोपत्रेका लागि भइरहेको काम गुणस्तरहिन भएको पाइएको छ । 
राँके रवि भेडेटार सडकखण्डको रेसिडेन्टल इन्जिनियर शकर बहादुर खनालका अनसार निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीय कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्राटे प्रा।लि।ले भएको कामको पुर्ननिर्माण गर्ने सहमति जनाएको अवस्था छ ।

मेसिनरी वालमा बाहिर सिमेन्ट लगाएको, भित्र भित्रमा ड्राइ गरेको हुनाले तत्कालै मजदुरको अगाडि नै भत्काईदिएको खनालले बताए । 
 निरीक्षण गर्दा ३ लेयर सम्म ६० मिटर जति उचाई थियो, ड्राइ ढुंगा मात्रै भेटिएको हुनाले भत्काईदिएर अव आईन्दा त्यस्तो काम नगर्न उक्त कम्पनीका प्रतिनिधी तथा कम्पनीले दिएका नेपाली पेटी ठेकदारलाई सुझाव दिएको उनले बताए । 

 यस्तै घुर्विसे पंचमीदेखि राँकेसम्म गरिएको अनुगमनमा क्रममा भेटिएका फाल्गुनन्द गाउँपालिका प्रमुख बिर बहादुर कुरुम्बाङले काम गुणस्तरीय होस् भनेर अनुगमन गरिएको भन्दै पालिका क्षेत्र भित्र यस्तो गुणस्तरहिन काम गर्न नदिने बताए । 
 बेला मौकामा सरोकारवाला सित छलफल अन्र्तक्रिया गरिरहने उनले बताए । स्थलगत अनुगनमै रहेका फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले नेपाली पेटी निर्माण ब्यवसायीले गुणस्तरहिन कार्य गरेको भन्दै गुणस्तरी र सम्झौता बमोजिमको काम गर्न गराउन पालिका पनि उद्धत भएर लाग्ने बताए । 

यस्तै उक्त सडकको जिम्मा लिएको नेपाली पेटीठेकदारमध्येका दिपेश बोहोराले भारतीय कम्पनी र कन्सल्टेन्सीको समन्वय अभावका कारण यस्तो समस्या सिर्जना भएको र काम गर्ने क्रममा हाम्रो पनि गल्ती भएकोले सुधारेर अघि वढ्ने बताए । 

उक्त सडकको काम पनि द्रुत गतिमा अघि नवढेपछि एक महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वशन्त कुमार नेम्बाङले समेत स्थलगत अनुगमन गरी गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । । गत ०७५ साल पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडकको कालोपत्रे गर्ने कामको आरम्भ गर्नुभएको थियो । सम्झौता अनुसार सम्झौता भएको मितिले ३ वर्षभित्रमा काम सक्ने लक्ष्य राखिएको छ ।

भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको हो। ८७ प्रतिशत भारतीय सरकारको ऋण सहयोग रहने यस परियोजनामा १३ प्रतिशत नेपाल आफैले लगानी गर्दैछ । १ सय १ किलोमिटर लामो यो सडकको निर्माण जिम्मा भारतीय कम्पनी एप्को इन्फ्राटे प्रा।लि।ले लिएको हो । महाभारतको डाँडैडाँडा निर्माण हुने यति लामो सडकमा केहि कल्भर्ट बाहेक पुल बनाउनु पर्ने अवस्था छैन।

दुई लेनमा विस्तार हुने यो सडकको २०४६ सालमा नै ट्रयाक खुलेपनि लामो सयमसम्म कालोपत्रे हुन सकेको थिएन् । यो सडक कालोपत्रे भएपछि तराई झर्न अन्य सडकको तुलनामा छिटो छरितो हुनेछ । 

Leave a Reply

Your email address will not be published.