आज चीनमा रहेका नेपाली लिन जाँदै नेपाल एयरलायन्स

Breaking News Mukya Samachar Special News Trending

फागुन । चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् ।

Leave a Reply

Your email address will not be published.