खोलामा डुबेर एकको मृत्यू

खोलामा डुबेर एकको मृत्यू


इलाम फागुन ः इलाममा एक ब्यक्तिको खोलामा डुबेर मृत्यू भएको छ । इलाम देउमाई नगरपालिका ८ का १८ बर्षीय नबिन अधिकारीको बिहिबार दिउशो खोलामा डुबेर मृत्यु भएको हो ।
इलाम नगरपालिका ९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माइखोला ड्याममा पौडी खेल्ने क्रममा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराउनु भएको थियो । जानकारी पाएपछि गएको प्रहरी टोली पुग्दा उहाँको मृत्यू भइसकेको थियो । शबलाई खोलाबाट निकालिएको भएपनि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।