नेपालमा आठवटा देशका नागरिकलाई ‘अन-अराइभलु’ भिसामा रोक

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रवास स्वास्थ्य/शिक्षा

अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई भोलि मङ्गलवार देखि नेपाल प्रवेश गर्न अन अराइभलु भिसा बन्द गरिने जनाएको छ।

अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई ुअन(अराइभलु भिसा बन्द गर्न लागिएको अध्यागमन विभागले जनाएको हो।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन-अराइभल भिसा नदिइने प्रावधान लागु गर्न लागिएको हो।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ।

प्रावधान
हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै ुअन(अराइभलु भिसा दिँदै आएको थियो।

पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान रहेको छ।

उक्त सुविधाका कारण नेपाल आउने पर्यटकले सम्बन्धित देशमा नेपालको दूतावास खोज्नुपर्ने र आवेदन दिनुपर्ने झन्झट नहुँदा धेरै पर्यटक नेपालको भ्रमणकालागि आकर्षित हुने गरेको बताइन्छ।

तर कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो।

जसको कार्यान्वयन भोलि मङ्गलवारदेखि आठवटा देशबाट सुरु हुने महानिर्देशक पौडेलले बताए।

स्थलमार्गमा रोक
भोलिदेखि यी आठ देशका नागरिकले नेपाल प्रवेश गर्नका लागि स्थल नाका प्रयोग गर्न नपाइने बताइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाहेक कुनै पनि स्थलमार्गस्थित अध्यागमन कार्यालयबाट पनि उनीहरू आउन पाउने छैनन्,ू महानिर्देशक पौडेलले भने।

कोभिड -१९ नाम दिइएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका १ सय ९ वटा मुलुकमा देखिइसकेको छ।

तर सङ्क्रमण देखिएका र केहीको मृत्यु नै भइसकेका अन्य देशका नागरिकमाथि भने ुअन(अराइभलु भिसामा रोक लगाइएको छैन।

त्यसबारे जानकारी दिँदै महानिर्देशक पौडेल भन्छन्, ूउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय संयन्त्रले गरेका निर्णय अनुसार हामीलाई प्राप्त भएको निर्णयको अधीनमा रहेर पछिल्लो सूचना जारी गरिएको हो।ू

पोखरेल नेतृत्वको संयन्त्रले गरेका निर्णय कार्यान्वयन गराउनका लागि मुख्य सचिवको नेतृत्वमा ुकोरोनाको रोकथामका लागि एक्सन कमिटीु रहेको छ।

उक्त कमिटीमा विभिन्न मन्त्रालयलगायत सेनाको प्रतिनिधित्व रहेको छ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबारे तयार गरेको पछिल्लो प्रतिवेदनलाई आधार मानेर ुअन(अराइभलु भिसा रोक्नका लागि त्यसै अनुसार यी थप तीनदेशबारे सिफारिस गरेको उनले बताए।

ूयहाँ आउनु अगावै भिसा लिइसकेका यी आठ देशका नागरिकहरूले भोलिदेखि अनिवार्य रुपमा कोरोनाभाइरसको सङ्क्रमण नभएको स्वास्थ्यसम्बन्धी रिपोर्ट पनि बुझाउनुपर्छ नभए उनीहरूलाई फिर्ता गरिन्छू विभागको निर्णयबारे उनले भने।

अरु देशहरूको हकमापनि अवस्था हेरी ुअन(अराइभलु भिसामा रोक लगाउनेबारे थप निर्णय गरिने महानिर्देशक पौडेलले बताए। बीबीसी नेपालीबाट

Leave a Reply

Your email address will not be published.