कोरोनाको नयाँ लक्षण-स्वाद र बासना थाहा नपाउनु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली रोचक स्वास्थ्य/शिक्षा

संसारभरि फैलिरहेको कोरोना भाइरस -सार्स कोभ २० रहस्यमयी छ। वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ।कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग पनि मिल्छन् तर केही लक्षण फरक छन्। सुख्खा खोकीसँगै सास छोटो हुने, ज्वरो आएर स्याँस्याँ हुने कोरोना भाइरसका केही मुख्य लक्षण हुन्।

तर पछिल्ला अध्ययनहरूले खोकी नलागेका, ज्वरो नआएका र सास फेर्न गाह्रो नभएका मानिस पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने देखाएका छन्।कोरोना भाइरस लागेकी आमाले आफ्नो बच्चाको डायपर भरिँदा पनि गन्ध थाहा पाउँदिनन्। रेष्टुरेन्टका कुक जो पहिला सबै खानाको नाम भन्न सक्थे उनी करी र लसुनको स्वाद चाल पाउँदैनन्। कोही घरमा स्याम्पुको बासना पनि थाहा पाउँदैनन्।

हो, तपाईंको सुँघ्ने र स्वाद थाहा पाउने क्षमता घटेको छ वा हराएको छ भने त्यो कोरोना भाइरसको लक्षण हुन सक्छ।गत शुक्रबार बेलायतका नाक कान घाँटीका एक डाक्टरले संसारभरिका विभिन्न अनुसन्धानहरूलाई आधार मानेर सुँघ्ने क्षमता गुमाएकाहरूलाई कोरोनाका लक्षणहरू नभए पनि सात दिनसम्म छुट्टै बस्न लगाए।

‘हामी मानिसहरूलाई यो पनि संक्रमणको एउटा लक्षण हुन सक्छ त्यसैले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता घटेको छ भने सेल्फ आइसोलेसनमा बस्नुस् भनेर सचेत गराउन चाहन्छौं,’ ब्रिटिस राइनोलोजिकल सोसाइटीकी अध्यक्ष क्लेएर हप्किन्सले भनिन्,‘यसले कोरोना भाइरसको संक्रमण रोक्न र ज्यान जोगाउनमा सहयोग गर्नेछ।’

बेलायतका नाक कान घाँटीका डाक्टरहरूले आफ्ना सहकर्मीहरूलाई सुँघ्ने क्षमता गुमाएका बिरामीको उपचार गर्दा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई० लगाउन भनेका छन् किनकी त्यहाँ बिना पिपिई बिरामी जाँचेका दुई जना नाक कान घाँटी विशेषज्ञ कोरोना भाइरसबाट संक्रमित भएका छन्।अहिले उनीहरूको अवस्था गम्भीर छ।

यसअघि कोरोनाको उद्गम थलो चीनको वुहानमा पनि नाक, कान घाँटीमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई धेरै संक्रमण देखिएको थियो। त्यहाँ झन्डै ३ हजार ४ सय स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा परेका थिए।

दक्षिण कोरियाका कोरोना संक्रमितहरूले पनि आफ्नो सुँघ्ने क्षमता कमजोर भएको बताएका थिए।

कोरियामा गरिएको एक अध्ययनले कोरोना भाइरसबाट संक्रमित २ हजार जनामध्ये ३० प्रतिशतले आफ्नो सुँघ्ने र स्वाद पाउने क्षमता हराएको बताएका थिए।

अमेरिकन एकेडेमी अफ ओटोलारिन्गोलोजीले आइतबार आफ्नो वेवसाइटमा स्वाद थाहा पाउने र सुँघ्ने क्षमता हराउनु वा घट्नु कोभिड(१९ को एक लक्षण हुने जानकारी राखेको छ।

अरू कुनै लक्षण नदेखिएका तर स्वाद र गन्ध थाहा नपाउने बिरामीलाई कोरोना भाइरसको पुष्टि भएको उसको भनाइ छ।

रट्जगर विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर र्‍याचेल कईले न्युयोर्कमा कोरोना भाइरस संक्रमित भएका आफ्ना केही साथीहरूले पहिला सुघ्न थाहा पाउन छोडेको बताइन्।

‘यसले मलाई सचेत बनायो,’ केईले भनिन्,‘किनकी यस्तो बिरामी हुँदा मानिसहरूले सेल्फ क्वारेन्टिनमा बस्ने कुरा थाहा पाएका थिएनन्।’

कोरोना भाइरसबाट आक्रान्त बनेको इटालीका डाक्टरहरूले पनि अरू कुनै स्वास्थ्य समस्या नभएका मानिसले सुँघ्न र स्वाद थाहा पाउने छोडे भने कोरोना भाइरसको लक्षण हुने निष्कर्ष निकालेका छन्।

‘अस्पतालमा भर्ना भएका लगभग सबैको कथा उस्तै थियो,’ ब्रेस्किया अस्पतालको कार्डियोलोजी विभागका प्रमुख डाक्टर मार्को मेट्राले भने,‘बिरामीका श्रीमान् वा श्रीमतीलाई सोध्नुभयो भने उनीहरूले भन्थे अरू त केही भएको थिएन। स्वाद र बासना थाहा पाउँदैनथ्यो।’

जर्मनीको बोन विश्वविद्यालयका भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकले आफूले कुरा गरेका १०० मध्ये दुई तिहाई बढी कोरोनाका बिरामीले सुरूमा स्वाद र बासना थाहा पाउन छोडेको बताए।

रूघाज्वरो आउँदा, एलर्जी हुँदा पनि कतिपय मानिसहरूले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता गुमाउँछन्। चिकित्सकहरूले यस्तो बेलामा त्यस्तो हुनु सामान्य भएको बताएका छन्।

तपाईंको नाक सफा छ, चुहिएको छैन, ज्वरो पनि आएको छैन, एलर्जी पनि छैन तर स्वाद र वासना थाहा पाउन छोड्नुभयो भने आफूलाई आइसोलेसनामा राखेर कोरोनाको जाँच गर्नु बुद्धिमानी हुने चिकित्सको सल्लाह छ। न्युयोर्क टाइम्सबाट सेतोपार्टीले साभार गरेको समाचार

Leave a Reply

Your email address will not be published.