इलाम जिल्लामा एकसातामा १ सय ४० बढि बिदेशबाट भित्रिए

Breaking News Hot News Mukya Samachar Special News Trending

टीका खतिवडा
इलाम, चैत्र
: एक साता यता इलाममा बिदेशबाट इलाम भित्रिनेको संख्या १ सय ४० रहेको छ । भारत तथा तेस्रो मुलुकबाट अध्ययन, घुमफिर र रोजगारीका क्रममा बाहिर जाने गरि सो संख्यामा इलाम भित्रिएका हुन् ।
कोरोना भाइरस संक्रमण बढ्ने र बढाउने बिदेशबाट आउनेबाट नै भएकाले बाहिरबाट आउनेको तथ्यांक लिने गरिएको हो । इलामका १० स्थानिय तह मध्ये माइ नगरपालिकाले भने तथ्यांक लिइरहेको छ । अन्य सबै स्थानिय तहले तथ्यांक लिइसकेका छन् । प्रत्येक वडामा रहेका जनप्रतिनिधि, शिक्षक तथा स्थानियबाट पालिकाका जानकारी गराएर तथ्यांक लिइएको बताइएको छ ।
बाहिरबाट आउने यकिन गर्न र उहाँहरुको निगरानीका लागि जिल्लाका हरेक स्थानिय तहले बिदेशबाट आउनेको तथ्यांक लिएको हो । यसमा सबैभन्दा वढि रोङ गाउँपालिकामा ८२ जना बिदेशबाट आएको तथ्यांक छ । त्यस्तै इलाम नगरपालिकामा १८ जना, देउमाई नगरपालिकामा ९ जना, सूर्योदय नगरपालिकामा ९ जना बिदेशबाट आएको जिल्ला पशासन कार्यालय इलामले दिएको जानकारीमा उल्लेख छ । त्यस्तै माइजोगमाई गाउँपालिकामा ३ जना, फाकफोकथुममा ४ जना मांसेबुङ गाउँपालिकामा ४ जना, सन्दकपुर गाउँपालिकामा ६ जना र चुलाचुली गाउँपालिकामा ७ जना बिदेशबाट आएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकिय अधिकृत सफल पोर्तेलले बताए । त्यस्तै जिल्लाका सबै स्थानिय तहले पालिका भित्र सङखा लागेका बिरामी भेटिए राख्नका लागि आइसोलेसन कक्ष निर्माण गरेको छ । सबै स्थानिय तहहरुले बिद्यालय, तथा अन्य उचित स्थानको खोजी गरेर आइसोलेसन कक्ष निर्माण गरिएको हो । जिल्लामा हालसम्ममा २२ स्थानमा २ सय ७४ क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको प्रशासकिउ अधिकृत पोर्तेलले जानकारी दिए । हाल सम्ममा इलाममा घरमा नै होम क्वारेन्टाइनमा ८८ जना रहेको बताइएको छ ।

‘कोरोना नागरिक सुरक्षा कोष’ स्थापना

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले ‘कोरोना नागरिक सुरक्षा कोष’ स्थापना गरेको छ । नगरपालिकाले कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि कोष स्थापना गरि खर्चको व्यवस्थापन १० लाख रकम जम्मा गरेको हो ।
नगरपालिकाले तत्काल १० लाख रुपैयाँ रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए । आवश्यक परेमा थप रकम जम्मा गरिने जनाइएको छ । इलाम नगरपालिका स्थापना गरेको कोषमा इलाम नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सुविधा बराबरको रकम तत्काल जम्मा गर्ने जनाएका छन् । कोषमा स्वेच्छिक रुपले योगदान गरी सहयोग गर्न इलाम नगरपालिकाका कर्मचारी, शिक्षक, इलाम नगरपालिकाका विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आव्हान समेत गरेको छ । इलाम नगरपालिकाको यस आव्हान अनुसार इलाम नगरपालिकाका कर्मचारी र शिक्षकहरुबाट १ दिन बराबरको तलव जम्मा गरिने भएको छ ।
कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउनको समयमा औषधिको नियमित आपूर्ति गरी औषधि अभाव हुन नदिने व्यवस्थाका लागि इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय र औषधि व्यवसायी संघ बिचको छलफल गरी नगरपालिकाले औषधि ढुवानीको व्यवस्था मिलाउने भएको छ ।
इलाम नगरमा खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्रीहरुको नियमित आपूर्ति व्यवस्था मिलाई सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय इलाम र इलाम उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गर्ने भएको छ । अत्यावश्यक औषधि तथा चिकित्सा क्षेत्रका लागि आवश्यक सामग्रीहरुको व्यवस्था मिलाउनका लागि संघीय सरकार र १ नं. प्रदेश सरकारमा अनुरोध गर्ने जनाइएको छ ।
इलाम नगरपालिका ६ मा रहेर्को डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताल सिंगफ्रिङ्गमा बनाइएको क्वारेन्टाइनमा इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका ६ जनालाइ राखिएको छ । इलाम नगरपालिकाका ३ जनालाई सेल्फ क्वारेन्टाइनमा आप्mनो घरैमा बस्न अनुरोध गरिएको छ ।
कोभिड १९ प्रभावित देशहरुबाट यात्रा गरी केही समयअघि घर आएका व्यक्तिहरुलाई सावधानी अपनाउन, सेल्फ क्वारेन्टाइनमा बस्न र अस्पतालमा सम्पर्कमा आउन वडाध्यक्षहरु मार्पmत आव्हान गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.