समाजसेवी थापाले गरे क्यान्सर पिडितलाई नगद सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending


इलाम, साउन : इलामका एक युवाले क्यान्सर पिडित बिरामीलाई नगद ५० हजार सहयोग गर्नु भएको छ । फाकफोकथुम गाउँपालिका ७ एकतप्पा निवासी क्यान्सर पिडित बिर बहादुर श्रेष्ठलाई विप्लव थापाले सहयोग गर्नु भएको हो ।
मुख मुनी (च्युडो) मा घाउ भई क्यान्सरको अवस्थामा रोग पुगिसकेको हुनाले श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई उपचारमा आर्थिक अवस्था कमजोर रहेको कारण स्थानीय युवा विप्लव थापाको नेत्रित्वमा नगद रु ५० हजार संकलन गरेर उपलब्ध गराईको उहाँले बताउनुभयो ।
समाजसेवी युवा थापाले पनि अन्य ब्यक्तिहरुसँग रकम संकलन गरेर पिडितलाई हस्तान्तरण गर्नु भएको हो । उहाँले सामाजिक सञ्जाल, फोन तथा भेटघाटका क्रममा दाताहरुलाई कुरा गर्दै सो रकम संकलन गर्नु भएको थियो ।
संकलित रकम एक कार्यक्रमका बिच श्रेष्ठका परिवारलाई हस्तान्तरण गरिएको छ । श्रेष्ठको आथिक अवस्था कमजोर रहेको हुदा उहाँलाई उपचारको लागि थप आर्थिक सहयोग आवश्यक रहेको छ ।
हयोगी मनहरुलाई सहयोग गर्न परिवारले आह्वान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.