लकडाउन चैत २५ गतेसम्म थपियो

Breaking News Hot News Mukya Samachar Special News Trending

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले चैत २५ गतेसम्म लकडाउनको समयावधि थप्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कम्तीमा एकसाता लम्ब्याउन सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले निर्णय सदर गर्दै लकडाउनको समयावधि बढाएर चैत २५ पु¥याएको हो ।

यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले गत आइतबार बिहानदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको निर्णय गरेको छ ।

२५ गते राति १२ बजेसम्म लकडाउन कायमै राख्ने निर्णय भएको अर्थ तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा हालसम्म पाँचजना कोरोना सङ्क्रमित फेला परेका छन् । पाँचै जना अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल भित्रिएका हुन् । ती मध्ये एकजना उपचारपछि निको भएर घर फर्किइसका छन् । चार जनामध्ये, एकको धनगढीमा, शनिबार सङ्क्रमित पुष्टि भएकी १७ वर्षीया किशोरीको धवलागिरि अञ्चल अस्पताल बाग्लुङमा र बाँकी दुईजनाको टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । ती सबै बाह्य देशबाट सङ्क्रमित भएर आएका हुन् ।

मुलुकम एकपछि अर्कोगरी सङ्क्रमित फेला परेकाले लकडाउनको समयावधिलाई लम्ब्याउनु परेको र व्यवस्थित पनि बनाउनुपरेको समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published.